पोखरा/आयोजक सहारा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
[caption id="attachment_24309" align="alignnone" width="640"] १५ औ आहा रारा गोल्डकपमा आयोजक सहारा क्बल र सिक्किम युनाइटेड बल नियन्त्रणमा लिने प्रयासमा । तस्विर: युसुब गुरुङ
[/caption]
भारतको सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–२ लाई हराउँदै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । सिक्किम यसअघि पहिलो सहभागितामा पनि क्वार्टरफाइनलमा सहारासँगै पराजित भएको थियो ।
निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरबाट खेलको निर्णय भएको थियो । टाइब्रेकरमा साहाराका गोलकिपर सुजित गुरुङले एउटा पेनाल्टी रोके भने अर्को पेनाल्टी सिक्किमका खेलाडीले चुकाएका थिए ।सिक्किमका लागि दोस्रो पेनाल्टी हानेका सोनाम तोप्देनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो । आशिष क्षेत्रीको चौथो पेनाल्टीलाई सहाराका गोलकिपर सुजितले रोकेका थिए ।
सहाराका लागि सुसन गुरुङ, शिव सुवेदी, रमेश मगर र कप्तान उत्तम गुरुङले गोल गरेका थिए । सिक्किमका लागि सञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले गोल गरे । त्यसअघि दुवै टोलीले केही मौका पाएका थिए । सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनल खेल्नेछ ।
गत बर्षपछि यी दुई टोलीबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यति बेला सहारा २–० ले विजयी भएको थियो । सिक्किमको यो दोस्रो सहभागिता हो । सहारा गत बर्ष सेमिफाइनल पुगेको थियो भने टोलीले ११ औं संस्करण जितेको थियो । आइतबारको दोस्रो क्वार्टरफाइनल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीविरुद्ध धरान फुटबल क्लब बिच हुनेछ ।