चौथो युनाइटेड भलिबलमा हाम्रो बोर्डिङ र लिटल भिड्दै
धरान/चौथो युनाइटेड गोर्खा एकेडेमी भलिबल रनिङ कपमा छात्रा तर्फ हाम्रो बोडिङ स्कुल र लिटल फ्लावर्स स्कुलबीच भिडन्त हुने भएको छ ।
धरान–१५ स्थित एकेडेमी परिषरमा भइरहेको प्रतियोगितामा छात्र तर्फ प्रहरी स्कुल फाइलनमा पुगेको छ भने युजिए बि र हाम्रो बोर्डिङ स्कुलबीचको अन्तिम सेमिफाइलन खेल समय अभावका कारण आज (आइतबार) खेलाइने भएको प्रिन्सिपल पेम्बा शेर्पाले बताए ।
शनिबार भएको छात्रा तर्फको खेलमा हाम्रो बोर्डिङ स्कुलले युजिए बिलाई २५–१८ र २५–१५ को सोझो सेटमा हराउँदै फाइलनमा पुगेको हो । त्यस्तै दोस्रो खेलमा लिटल फ्लावर्सले युजिए ए लाई २५–२०, २५–१३ को सोझो सेटमा हराउँदै फाइलन पुगेको छ । तेस्रो पोजिसनको लागि युजिए ए र वि बीच भिडन्त हुँने छ ।
त्यस्तै छात्रमा प्रहरी स्कुलले लिटल फ्लावर्सलाई २५–२०, २५–२० को सेटमा हराउँदै फाइनल पुगेको छ । यता युजिए बि र हाम्रो बोडिङबीचको खेल समय अभावले हुन सकेन् । तेस्रो पोजिसनको लागि लिटल फ्लावर्सले युजिए वि र हाम्रो बोर्डिङ बीचको हार्ने टिमसँग खेल्ने छ ।
प्रहरीले क्वाटरमा युजिए ए लाई २–१ को सेटमा हराउँदै सेमिफाइनमा पुगेको थियो भने हाम्रो बोर्डिङले सेक्रेट हार्टलाई २–१ को सेटमा हराएर सेमिफानल यात्रा तय गरेको थियो । त्यस्तै युजिए बिले वालविकासलाई २–१ को सेटमा हराउँदै सेमिफाइलनमा पुगेको थियो । विजेताहरुले नगद १२, ९ र ७ हजार रुपैया प्राप्त गर्ने छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































