इटहरी / इटहरीमा जारी अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार भएका दुई सेमीफाइनल खेलमा नेपाल डिभिएम स्कुल र सेक्रेटहार्ड स्कुल फाइनल प्रवेश गरेका छन् ।
डिभिएम स्कुलको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा डिभिएम स्कुलले बालविकास इड्लिस बोर्डिड स्कुललाई स्कुललाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको बालविकासले निर्धारित ओभरमा ७२ रन कमजोर लक्ष्य दिएको थियो । जसमा बालविकासको लागि विपिन कटुवालले १५ र समिर खानले १० रन बनाएका थिए । यता जवाफी व्याटिडमा डिभिएमले ८ ओभरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो ।
नट आउट ३५ रन बनाएका डिभिएमका सविन दाहाल म्यान अफ द म्याच भए । यसै गरी बुधबारनै सम्पन्न दोस्रो खेलमा सेक्रेटहार्ड स्कुलले लिटिल फ्लावर स्कुललाई २१ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सेक्रेटहार्डले १५ ओभरमा ४ विकेट गुमाउदै १४२ रन बनाएको थियो । जसमा धिरेन राईले नट आउट ९० रन बनाएका थिए । जवाफि ब्याटिङ्गमा आएको लिटिल फ्लावर टिम १४ ओभरमा १ सय २२ रनमा समेटिएको थियो । जसमा अंकित गुरागाईले ४८ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच सेक्रेटहार्डका धिरेन राई भएका थिए । प्रतियोगिताको फाइनल खेल विजेता डिभिएम र सेक्रेटहार्ट स्कुल बीच हुने आयोजक समितिका सीपी पौडेलले जानकारी दिए ।