धरान/दमक लखनपुर भेट्रान क्लव धरानमा जारी दोस्रो पूर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान कपको उपाधि नजिक पुगेको छ । धरानको एन्फा एकेडेमीको खेल मैदानमा शुक्रबारको खेलमा दमकले पूर्वाञ्चल भेट्रान फुटबल क्लवलाई सून्यका विरुद्ध एक गोलले विजयी बन्दै उपाधि नजिक पुगेको हो । उपाधिका लागि दमकले शनिबार हुने धरान भेट्रान फुटबल र डागीहाट भेट्रान क्लव मोरगबीचको विजेतासँग स्पर्धा हुने छ । खेलमा एकमात्रै निर्णायक गोल १० औं मिनेटमा म्यान अफ दि म्याच विजेता खेलाडी प्रकाश बलमपाखीले गरेका छन् । उनले २ हजार रुपैयासहित ट्रफी पाए । फाइलन खेल सोमबार हुँदै छ ।