बलीउड अभिनेत्री रवीना टण्डन लामो समयदेखी ठूलो पर्दाबाट गायब छिन् । चाँडै कमब्याक गर्न लागेको खबरले पनि यति बेला भारतीय सिने बजार खुबै गर्माएको छ ।
रवीना ठूलो पर्दामा कमब्याक गर्ने तयारीमा छिन् । बताइएको छ कि उनी उक्त फिल्ममा दमदार भूमिकामा प्रस्तुत हुँदैछिन् । यस फिल्मको रेप सीनलाई लिएर यति बेला खुबै चर्चा भइरहेको छ । खबरका अनुसार, द मदरको शूटिंग पूरा भइसकेको छ । फिल्ममा महिलाहरुमाथी समाजमा हुने अत्याचारको विरुद्ध आवाज उठाइएको छ । यो फिल्ममा रवीना मुख्य भूमिकामा देखिनेछिन् ।
फिल्ममा धेरै रेप सीन खिचिएको छ । अभिनेत्रीको यो भनाई छ कि केही रेपको सीन त यस्तो भयावह थियो कि उनको रौं नै ठाडो भएको थियो । रवीनाले फिल्मको शूटिंगपछि बताइन कि जब उनले फिल्ममा गरिएको रेप सीनको शूटिंग सकाइन त्यसपछिका कयौं दिनसम्म उनी राम्रोसँग सुत्न पनि सकिनन् । अभिनेत्रीको यो भनाई छ कि यो सीनलाई दोस्रो पटक डब गरेपछि त झन उनी निकै तनाबमा थिइन । हालत यस्तो भएको थियो कि उनी कयौं रात रोई-रोई काटेकी छिन् ।
-एजेन्सी