‘रर्इस’ फिल्मको प्रचारको लागि शाहरुख खानले सोमबार रेलमा यात्रा गरे । अगस्त क्रान्ति एक्सप्रेसमा यात्रा तय गरेपछि शाहरुखले सन १९९८ मा आएको उनको फिल्म दिल से को छैँया छैँया गीतको सुटिङसँग जोडिएका विभिन्न किस्साहरु पिटिआईलाई बताएका छन् ।
१९ वर्ष पहिले शाहरुखले ‘दिल से’ गीतको ‘छैंय्या छैंय्या’ को सुटिङ गरेका थिए । गीतमा शाहरुख खान र मलाइका ब्याकग्राउन्ड डान्सरहरुसँग चलिरहेको टेनमा डान्स गरिरहेको देखिएको थियो । यो गीत दर्शकहरुलाई धेरै नै मन पर्यो तर शाहरुखले भनेको मान्ने हो भने यो गीतको सुटिङ गर्न उनको लागि धेरै नै गाह्रो भएको थियो र सुटिङको बेला उनी धेरै नै डराएका थिए ।
शाहरुखले भनेका छन्, ‘मलाई छोडेर सबै मानिसहरु टेनमा बाँधिएका थिए र सुरक्षित थिए । मैले कुनै पनि सेफ्टी प्रयोग गरेको थिइन । म दौडेर मात्रै डान्स गरिरहन सकेको थिएँ । तर ट्रेनमा बाँधिएको कारणले अन्य डान्सरहरुलाई पनि धेरै गाह्रो भइरहेको थियो ।’ शाहरुख अगाडी भन्छन्, ‘ट्रेन धेरै कम गतिमा चलिरहेको थियो । तर बेला बेलामा पुल बिचमा आउँथ्यो । ती दिनहरुमा कुराकानी गर्नको लागि स्पिकर हुँदैनथ्यो । म धेरै नै डराएको थिँए, उक्त सुटिङ धेरै नै मुस्किल थियो तर रोमाञ्चक पनि थियो ।
हेर्नुहाेस् गीत भिडियाेमा
[embed]https://www.youtube.com/watch?v=tGrkJdBCF60[/embed]