धरान/दोस्रो पूर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान फुटबल कपको उपाधि दमक लखनपुर भेट्रान क्लवले उचालेको छ । उपाधिसँगै नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
[caption id="attachment_25915" align="alignnone" width="1024"]
उपाधि उचालेको दमक लखनपुरको टोलीलाई ट्रफी प्रदान गर्दै एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राई । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
एन्फा एकेडेमीमा सोमबार सम्पन्न फाइलन खेलमा दमकले डाँगीहाट भेट्रान फुटबल क्लव मोरङलाई ३–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । उपविजेता बनेको डाँगीहाटले नगद ४० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच सुशिल तामाङ घोषित हुँदै नगद २ हजार रुपैयासहित ट्रफी पाए ।
त्यस्तै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी दमकका सुवास आङथुपो घोषित हुँदै नगद ८ हजार रुपैया प्राप्त गरे । उनले खेल अवधिभर ४ गोल गरेका थिए । सर्वाधिक तर्फ ३ हजार र सर्वोकृष्ट खेलाडी तर्फ ५ हजार रुपैया प्रदान गरिएको थियो । फाइनल खेलमा सुवासले २ र विकास राईले एक गोल गरे । विकासले पहिलो हाफको ३१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।
त्यस्तै दोस्रो हाफको २२ औं र २४ औं मिनेटमा सुवासले व्यक्तिगत दुई गोल गरे । यता डाँगीहाटबाट कुनै पनि गोल हुन सकेन् । विजेता, उपविजेता खेलाडी तथा टिमलाई एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई, राष्ट्रिय खेलाडी इन्दु रसाईली, जिल्ला खेलकुद परिषद् सुनसरीका अध्यक्ष धनप्रसाद राई, आयोजक धरान भेट्रान फुटबल क्लवका अध्यक्ष रोमी मोक्तानलगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा राष्ट्रिय खेलाडी इन्दू रसाइलीलाई आयोजकले नगद १० हजार रुपैयासहितले सम्मानित गरिएको छ ।