धरान/सरस्वति उच्चमाविको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबारदेखि भलिबल प्रतियोगिता सुरु भएको छ ।
[caption id="attachment_25919" align="alignnone" width="960"]
भलिबल खेल्दै खेलाडीहरु । तस्बिरः केदार बस्नेत[/caption]
सरस्वती उच्चमावि परिषरमा भएको सोमबारको खेलमा निशान बचत तथा ऋण सहकारी संस्थाले जलकन्या सामुदायिक वनलाई २५–१८, २५–१९, र २५–१५ को सोझो सेटले हराएको छ ।
त्यस्तै सयपत्री बोइज युनियनले सहभागी कृषि सहकारी संस्थालाई २६–२४, २५–२३, २५–२२ को सेटले हराएको छ । प्रतियोगितामा ६ वटा टिमहरु सहभागी छन् भने विजेताले नगदसहित ट्रफी पाउने स्कुलका प्रअ गंगाप्रसाद धमलाले ब्लाष्टकर्मीलाई जानकारी दिए ।
आज (मङ्गलबार) निशान र आयोजक सरस्वति उच्चमावि र सयपत्रीले पाँचकन्या सामुदायिक वन उपभोक्तासँग सेमिफाइलन खेल खेल्दै फाइलनमा भिडन्त गर्ने छन् ।