धरान/पाँचौं हिसान स्पोर्टस् मिट अन्तर्गत सुनसरी स्तरीय उच्चमावि बास्केटबल प्रतियोगिताको उपाधि डिपो उच्चमाविले उचालेको छ ।
[caption id="attachment_25986" align="alignnone" width="935"]
उपाधि चुमेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः ब्लाष्ट[/caption]
डिपो उच्चमाविको खेल मैदानमा मंगलबार सम्पन्न फाइलन खेलमा नेशनल कलेज धरानलाई ४७–२९ स्कोरले पछि पार्दै उपाधि उचालेको हो । डिपोले प्रत्येक क्वाटरमा १७, १५, २ र १३ अंक जोड्दा नेशनलले ५, ६, ६ र १२ अंक जोडेको थियो । खेलमा डिपोबाट कविन थापा मगरले व्यक्तिगत २२ स्कोर गर्दा नेशनलका दिवस राईले व्यक्तिगत २६ अंक जोडेका थिए ।
खेलको म्यान अफ द म्याच डिपोका कविन थापा मगर घोषित भए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी डिपोका प्रदिप गुरुङ घोषित भए । आइतबारबाट सुरु भएको प्रतियोगितामा सुनसरीका ९ वटा विद्यालयहरुले सहभागी थिए । विजेता, उपविजेता टिमलाई सुनसरी जिल्ला खेलकुद विकाश समितीका अध्यक्ष धनप्रसाद राई, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे र नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरज लामाले ट्रफि, मेडल प्रदान गरे ।