धरान/सरस्वती उच्चमाविको ५८ औं वार्षिकोत्सवमा खेलाइएको भलिबल कपको उपाधि पाँचकन्या सामुदायिक वनले उचालेको छ ।
[caption id="attachment_25919" align="alignnone" width="960"]
फाइल तस्बिर[/caption]
फाइलन खेलमा निशान बचत तथा ऋण सहकारी संस्थालाई ३–२ को सेटमा हराउँदै पाँचकन्याले उपाधि उचालेको हो । उपाधि उचालेको पाँचकन्याले नगद १० हजार रुपैयासहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उपविजेता बनेको निशानले नगद ५ हजार रुपैयासहित ट्रफी पाउने छ ।
पाँचकन्याले निशानलाई २५–२१, २५–१६, १५–१३ को सेटमा हराएको थियो । यता निशानले २६–२४ को तेस्रो र २५–२२ को चौथो सेट जितेको थियो ।
पाँचकन्याले सयपत्री बोइज युनियनलाई ३–१ को सेटले सेमिफाइलनमा हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यसतै निशानले सरस्वती उच्चमाविलाई २५–१६ र २५–११ को सोझो सेटले हराउँदै फाइनल पुगेको थियो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा विजेता टिमलाई सरस्वती पूजाको अवसरमा पुरस्कार वितरण गरिने प्राचार्य गंगाप्रसाद धमलाले बताए ।