धरान/अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपको १९ औं संस्करण फागुन पहिलो साताबाट हुने भएको छ । यो संस्करणदेखि आयोजक धरान फुटबल क्लवले पुरस्कार राषीमा १ लाख रुपैया वृद्धि गर्दै पाँचलाख रुपैया पुर्याएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा यसपटक सम्भावित १० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमले स्पर्धा जनाउँदै छन् । जसमा साविक विजेता मनाङ मस्र्याङ्ग्दी क्लव काठमाडौं रहने छैन् । क्लवको व्यस्तताको कारण उपस्थिति नजनाउने क्लवका अध्यक्ष एवम् एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईले बताए । मनाङ तीनपटकको विजेता हो भने दुईपटकको उपविजेता हो । यो वर्ष थ्रि स्टार क्लवसमेत सहभागी हुने/नहुने अनिश्चित छ । किनकी एन्फाको लापरवाहीको कारण एएफसीको प्ले अफ खेल्ने मौकाबाट बन्चित बनेको भन्दै कुनै पनि खेलहरुमा संलग्न नहुने निर्णय गरेको छ । [video mp4="http://blastkhabar.com/wp-content/uploads/2017/02/bhudasubba-gold-cup-2.mp4"][/video] जुन निर्णयका कारण चारपटकको बुढासुब्बा विजेता थ्रि स्टारले १९ औं संस्करणमा सहभागिता नजनाउने हो कि भन्ने शंका बढेको छ । यि दुई बाहेक विभागीय टिम एपिएफ, नेपाली सेना, नेपाल पुलिस क्लवसहित साहारा क्लव, भुटान राष्ट्रिय टिम, तेस्रो बुढासुब्बा विजेता धनमुन्दी क्लव बंगलादेश, रुपन्देही–११, आयोजक धरान रातो र निलो, सिलङ भारत र हङकङ नेप्लिज टिम सहभागी हुने अध्यक्ष राईले बताए । जसमा नेपाल पुलिस क्लव चारपटकको विजेता हो भने एपिएफ एकपटकको विजेता हो । आर्मीले दुईपटकको उपविजेता टिम हो । २०५५ सालदेखि सुरु भएको बुढासुब्बाले यसपटक पुरस्कार राषीमा एकैपटक एक लाख रुपैया वृद्धि गर्दै ५ लाख पु¥याएको छ भने उपविजेतामा ५० हजार बढाएर २ लाख ५० हजार रुपैया पु¥याएको छ । यस अघि विजेतालाई ४ लाख र उपविजेतालाई २ लाख रुपैया पुरस्कार रहेको थियो । व्यक्तिगत तर्फ सर्वोकृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैया नगद प्राप्त गर्ने छन् । त्यस्तै अन्य व्यक्तिगत तर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्ति, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद १५ हजार रुपैया प्रदान गरिने क्लवका महासचिव प्रताप तामाङले बताए । उनले यसपटक ६५ लाख ६७ हजार ५ सय रुपैया अनुमानित आय बजेट सार्वजनिक गरेका छन् भने व्यय तर्फ ५४ लाख ८५ हजार रुपैया बजेट सार्वजनिक गरिएको छ । टिमका लागि क्लवले चार महिना अघि नै पत्राचार गरे पनि हालै मात्रै स्वीकृत गरेको अध्यक्ष राईले बताए । यसपटक धरानले उपाधि जित्ने लक्ष्यका साथ खेलाडीहरुको तयारी भइरहेको उनले बताए । ‘प्रतियोगिता सम्पन्न सँगसगँै जित्ने लक्ष्य छ ।’ अध्यक्ष राईले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले दुई टिम तयार छन् । गोधुलीमा खेलेका राम्रा खेलाडीहरुलाई अहिले बन्द प्रशिक्षणमा राखेका छौं ।’ गोधुली खेलेका ४० जना खेलाडीहरु यतिखेर बन्द प्रशिक्षणमा रहेका छन् । बुढासुब्बाको मूख्य प्रायोजक गोर्खा बु्रअरी र जिवी मार्केटिङसँग विगतमा प्राप्त भइरहेको रकममा १० प्रतिशत वृद्धि गर्दै क्लवसँग तीनवर्षे सम्झौतासमेत भइसकेको अध्यक्ष राईले बताए । हाल जिवि मार्केटिङले १० लाख १७ हजार ५ सय रुपैया वृद्धि गरेको छ । सह प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि क्लवले ९ वटा उपसमितिहरु गठन गरिसकेको छ । जस अन्तर्गत आर्थिक उपसििचको संयोजकमा धनबहादुर राई, खेल स्थल व्यवस्थापन उपसमितिमा संयोजक सतिस केसी, प्रचार प्रसार उपसमिति संयोजक प्रताप तामाङ, उद्घाटन तथा समापन समारोह उपसमिति संयोजक नरेन्द्र चोङबाङ रहेका छन् । त्यस्तै होटल व्यवस्थापन तथा टिम स्वागत उपसमिति संयोजकमा सुदीप उप्रेती, आयोजक टिम व्यवस्थापन उपसििमतको संयोजकमा नविन राई, यातायात व्यवस्थापन उप सचिमिा संयोजक गोपाल कार्की, सुरक्षा थता स्वयमसेवाक परिचालन उप समितिको संयोजकमा राम परियार र स्वास्थ्य उप समिमितिको संयोजकमा हिमाल दाहाल रहेका छन् ।