विर्तामाेड / एक महिनाको अवधिमा तीनवटा गोल्डकपको उपाधी जित्दै मनाङ मस्र्याङ्दी कलबले उपाधिमा ह्याट्रिक गरेको छ । दोस्रो झापा गोल्डकप जितेसँगै मनाङले उपाधिमा ह्याट्रिक पूरा गरेको हो । एक महिनाअघि सुदूरपश्चिमको धनगढीमा भएको खप्तड गोल्डकप र गत साता पोखरामा सम्पन्न आहारारा गोल्डकप जितेर झापा आएको मनाङले घरेलु टोली झापा ११ लाई शून्यका विरुद्व १ गोल गरी उपाधी हात पारेको छ । उपाधीसँगै मनाङले ७ लाख नगद समेत प्राप्त गरेको छ । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । फाइनल खेलमा १५ हजार बढी दर्शकको समर्थन पाएको झापा पराजित हुँदा दर्शक समेत निराश बनेका थिए । यी दुई टोलीबीचको फाइनल खेल प्रतिस्पर्धात्मक बनेको थियो । यद्यपि, झापाले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नु प¥यो । खेलको पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो । यो सिजनकै सशक्त टोली मानिएको मनाङ खेलको शुरुवाती १५ मिनेट निकै आक्रामक बन्यो । खेलको १५ मिनेटपछि लयमा फर्किएको घरेलु टोली झापाले त्यसपछि पहिलो हाफभरि मनाङलाई दबावमा राख्यो । दोस्रो हाफमा दुबै टोली झन् सशक्त बनेका थिए । खेलको ६३ औं मिनेटमा मनाङका ओलावालेले गोलको खाता खोले । विदेशी खेलाडी सिसोकोले प्रहार गरेको बल झापाका गोलरक्षकको हातबाट फुत्किएपछि अर्का विदेशी खेलाडी ओलावालेले बललाई जाली चुमाएका हुन् । त्यही एउटा गोल नै मनाङका लागि उपाधी हात पार्न सफल बनेको थियो । झापाको मिडफिल्ड कमजोर बन्दा गोलका मुभहरु बन्न सकेका थिएनन् । प्राविधिक खेलमा झापा ए डिभिजन क्लबमध्ये उत्कृष्टमा पर्छ । झापाको राम्रो पक्ष नै मिडफिल्ड हो । फाइनल खेलमा मिडफिल्ड कमजोर बनेकोले गोलका मुभ नबन्दा स्ट्राइकरले समेत खुलेर खेल्न सकेका थिएनन् । खेल अवधिभर दुबै टोलीले गोल गर्ने सुन्दर अवसरहरु खेर फालेका थिए । खेलको १५ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गरेको हेड पोष्टबाट बाहिरियो । रञ्जित श्रेष्ठको फ्री–किकमा कर्णले गरेको हेड बाहिरिएको थियो । यसैगरी १७ औं मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठकोे प्रहार पनि फ्रेममा पर्न सकेन । १९ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावालेले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बचाए । ३२ औं मिनेटमा झापाका कप्तान कर्णको प्रहार बाहिरियो । उनलाई सञ्जोग राईले लामो पास मिलाइदिएका थिए । ३९ औं मिनेटमा झापाका खेलाडी रजिन धिमालको कडा फ्री–किक मनाङका गोलरक्षक दिनेश थापाले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए । ४३ औं मिनेटमा झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलरक्षक थापाले विफल पारे । दोस्रो हाफको ८ औं मिनेटमा झापाका सञ्जोग राईको प्रहारले सही दिशा लिन सकेन । १३ औं मिनेटमा मनाङका निराजन मल्लको प्रहार पनि बाहिर गयो । १६ औं मिनेटमा मनाङका कप्तान सुजलले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपाने बिट भइसक्दा पनि पोष्टमा लागेर फर्किएको थियो । २७ औं मिनेटमा झापाका कर्ण लिम्बूले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापाले समाए । दोस्रो हाफको ४२ औ्र मिनेटमा झापाका रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले १–१ गोलको बराबरी गर्ने मौका गुमायो । खेलमा रेफ्री लव खत्रीले मनाङका कप्तान सुजल श्रेष्ठ, ओलावाले र सुशील लामालाई पहेंलो कार्ड देखाए । सेमिफाइनलमा मनाङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई घर फर्काउँदै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको थियो । हिमालयन शेर्पालाई पन्छाउँदै घरेलु टोली झापा–११ फाइनल पुगेको थियो । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा भने मनाङ आर्मीसँगै पराजित भएको थियो । यसअघि झापा र मनाङको भेट ६ पटक भएको थियो । जसमा मनाङले ४ र झापाले २ खेल जितेको रेकर्ड छ । फाइनल खेलको म्यान अफ दी म्याच मनाङका निराजन मल्ल घोषित भए । उनलाई १५ हजार रुपैयाँ प्रदान गरियो । यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्पmत् दर्शकमध्येका दुईजना प्रशुल मगर र भूपाल राईलाई एक्सपर्ट प्mयान अफ द डे घोषणा गर्दै जनही नगद ५ हजार प्रदान ग¥यो । प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्पmबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र बुद्व चेम्जोङले १५ हजार रुपैयाँ प्राप्त गरे । दुवै खेलाडीले प्रतियोगिताभर ३ गोलको स्कोर बनाएका थिए । उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उनलाई हिकोला हेरिटेजका देविभक्त श्रेष्ठले १५ हजार रुपैयाँ प्रदान गरे । उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उनलाई महेन्द्र गुजराज ट्रयाक्टरका तर्पmबाट १५ हजार प्रदान गरियो । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उनलाई पावर टेक कम्प्युटरका तर्पmबाट १५ हजार ६ सय बराबरको एन्ड्रोइड मोबाइल र नगद १५ हजार प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ बनेका छन् । प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो । आयोजक झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम पूmटबल क्लब र भारतको शेर पूmटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।