बलिउड अभिनेत्री श्रद्धा कपुर पछिल्ला दिनहरुमा अण्डरवल्र्ड डन दाउद इब्राहिम र उनको दिवंगत बहिनी हसीना पारकरको बायोपिक ‘हसीना द क्वीन अफ मुम्बई’ को सुटिङमा व्यस्त रहेकी छिन् । तर, सुटिङका क्रममा एक यस्तो घट्ना घट्यो कि उनी रुन पुगिन् ।
सेटमा उपस्थित मानिसहरुले उनलाई सम्झाउन धेरै नै प्रयास गरे तर सम्झाउन सकेनन् । उनी रोएको देखेर सेटमा रहेका मानिसहरु सबै दुखी भए । श्रद्धा झन् रुन थालेकी थिइन् । श्रद्धालाई सम्झाउन जब गाह्रो भयो तब निर्देशक अपुर्वा लाखियाले एकघण्टा सुटिङ नै रोके ।फिल्ममा श्रद्धाका भाई सिद्धार्थ पनि दाउदको भुमिकामा रहेका छन् ।
सिद्धार्थले नै सेटमा श्रद्धालाई सम्हाल्ने प्रयास गरे । तर, उनी रोइ मात्र रहिन् । यस्तो माहोल भएपछि सिद्धार्थ पनि रुन लागे । जब यसबारे अपुर्वासँग सोधिएको थियो, उनले सिद्धार्थ र श्रद्धा रोएको देखेर आफु पनि आश्चर्यमा परेको बताएका थिए । त्यसबखत सबैलाई लाग्यो कि उनीहरुबीचकै कुरा हुनसक्छ । निर्देशकले उनीहरुलाई एकान्तमा छोड्न आग्रह गरेपछि एकघण्टाका लागि सुटिङ स्थगित गरिएको थियो ।