हत्यारालाई कारबाहीको माग गर्दै महिला आन्दोलित
जाजरकोट/राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् ।
राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् ।
यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो ।
हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























