बलीउड अभिनेता रनवीर कपुर र अभिनेत्री कटरिना कैफको सम्बन्धलाई लिएर ठुलो चर्चा अझै चल्ने गरेको छ । उनीहरुको ब्रेकअप भएको १ वर्षभन्दा बढी भइसकेको छ । तर, बेलाबेलामा उनीहरुका प्याचअपको खबर पनि बाहिर आउने गरेको छ । यो पटक भने उनीहरुको प्याचअप भएको छ । तर, उनीहरुले फिल्म प्रोमोशनका लागि प्याच अप गरेका हुन् ।

उनीहरुको प्रमुख भुमिका रहेको फिल्म ‘जग्गा जासुस’ को प्रचारका लागि अरु सम्बन्ध एक ठाउँमा राख्दै प्याचअप गरेका हुन् । उनीहरुको लवस्टोरीको प्याच भने भएको होइन । फिल्म निर्देशक अनुराग बासुले उनीहरुसँग सल्लाह गरेपछि यस्तो निर्णय बाहिर आएको हो । केही समय अघि फिल्म प्रचारका लागि कटरिना र रनविरले कुनै चासो नदेखाएको भन्दै अनुरागले दुखेसो पोखेका थिए । फिल्म अप्रिल ७ मा रिलिज हुँदैछ ।