यात्रुबाहक बसको ठक्करबाट एकको मृत्यु
धरान/कोशी लोकमार्ग अन्तर्गत इटहरी–२२ पानीपियामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार राति साढे ७ बजेतिर पहिचान नखुलेको एक व्यक्तिको मृत्यु भएको छ ।
इटहरीबाट धरान तर्फ आउँदै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई विराटनगर जाँदै गरेको ना ३ ख ६०१२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार एकजना गम्भिर घाइते भएका छन् ।
घाइतेहरुको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइपु¥याएको थियो ।
घाइते बनेका अर्का व्यक्तिसमेत बोल्न नसक्ने भएकाले पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । बसका चालक फरार रहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























