पाथीभरा भलिबलमा आर्मी र पुलिसको विजयी सुरुआत
ताप्लेजुङ/ताप्लेजुङमा हिजोबाट सुरु भएको पाथिभरा भलिवल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ ।
सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा हुने खेलमा पुलिस र सशस्त्र प्रहरी तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
यसैविच मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् ।
जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा मंगलबारदेखि फुङ्लिङमा सुरु भएकोे उद्घाटन खेलमा आर्मी क्लबले २५–१०, २५–१७ र २५–१० को सोझो सेटमा मध्यमाञ्चल भलिबल टिमलाई पराजित गरेको हो ।
हिजै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चल भलिबल टिमलाई २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा हराएको थियो । खेलमा आर्मी र पुलिसले समान ३–३ अङ्क जोडेका छन् ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































