धरान/अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपको उन्नाइसौं संस्करण बिहीबारदेखि सुरु हुँदै छ । यसपटक विदेशी दुईसहित १० वटा टिमहरुले स्पर्धा गरिरहेका छन् । [caption id="attachment_29312" align="alignnone" width="500"] बुढासुब्बाको गोल्डकपको अन्तिम तयारी बारे जानकारी दिँदै आयोजक धरान फुटबल क्लवका अध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष किशोर राईलगायत सदस्यहरु । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] प्रतियोगितामा उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टील कलकत्ता भारत र संकटा एफसीबीच हुँदै छ । प्रतियोगिताको उद्घाटन सांसद मीन बिकले गरिरहेका छन् । एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लवका अध्यक्ष एवं एन्फा उपाध्यक्ष किशोर राईले बताए । क्लवका अनुसार यसपटक ५ हजार क्षमताको प्याराफिट निर्माण गरिएको छ । त्यस्तै विभागीय टिम एपिएफ क्लव काठमाडौं र नेपाल पुलिस क्लवसहित पाहुना टिम युनाइटेड सिक्कीम एफसी भारत, काकडभित्ता ट्रेनिङ सेन्टर झापा, रुपन्देही एफसी, धरान निलो र धरान रातो साथै पोखरा एफसी सहभागी छन् । विजेताले नगद ५ लाख रुपैयासहित ट्रफी पाउने छन् । त्यस्तै उपविजेताले नगद ४ लाख रुपैया प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारहरुसमेत प्रदान गरिदै छ । रहेक म्यान अफ दि म्याच खेलाडीले नगद ५ हजार रुपैयासहित आर्कषक उपहार प्राप्त गर्ने छ ।