धरान/बिहीबारदेखि धरान गोल्डकपमय बन्दै छ । फागुन १४ गतेसम्म धरान गोल्डकपमय बन्ने छ । १९ औं संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपले बयस्कता प्राप्त गरेको छ ।
तर, गोल्डकपको स्तर हरेक वर्ष खस्किएको हो कि भन्ने आशंका आम फुटबलप्रेमीले गरिरहेका छन् । यसका वावजुद पनि गोल्डकपको जग बसाल्ने बुढासुब्बामा यसपटक केही नयाँ र पूराना टिमहरुको बाहुल्यता छ । यसपटक धरान निलो र पहेलो टिम बनेर मैदानमा उत्रिदै छ । मैदानमा सिमरा गोल्डकपविजेता संकटा एफसी र भारतको पाहुना टोली दुर्गापुर स्टील कलकत्ताले डेब्यु गर्दै छन् ।
डेब्यु गर्ने टिमहरुबीच नै पहिलो खेल हुँदै छ । उद्घाटनमा यि दुबै टोलीले एन्फा एकेडेमीको खेल मैदानमा आफ्नो कौशलता देखाउने छन् । तर, कस्ले बाजी मार्ला अहिले आँकलन गरेमा भद्दा हुने छ । किनकी दुबै टोली बुढासुब्बाको लागि नयाँ छन् । सिमरा गोल्डकपमा संकटाले टाइब्रेकरमा विभागीय टोली आर्मीलाई पन्छाउँदै उपाधि कब्जा गरेको थियो ।
मैदानमा सिमरा गोल्डकपविजेता संकटा एफसी र भारतको पाहुना टोली दुर्गापुर स्टील कलकत्ताले डेब्यु गर्दै छन् । डेब्यु गर्ने टिमहरुबीच नै पहिलो खेल हुँदै छ । उद्घाटनमा यि दुबै टोलीले एन्फा एकेडेमीको खेल मैदानमा आफ्नो कौशलता देखाउने छन् । तर, कस्ले बाजी मार्ला अहिले आँकलन गरेमा भद्दा हुने छ । किनकी दुबै टोली बुढासुब्बाको लागि नयाँ छन् । |
यो सिजनमा संकटाको लागि बुढासुब्बा ९ औं गोल्डकप हो । दुईवटा गोल्डकपमा विजेता बन्दा दुईवटामा उपविजेतामा चित्त बुझाएको पीडा पनि संकटालाई नै छ । स्टार खेलाडीले नभरिए पनि खेल कौसलमा संकटाले सिमराबाटै प्रदर्शन गरिसकेको छ । त्यसैले दुर्गापुर स्टीलका लागि केही महंगो हुन सक्ने छ ।
दुर्गापुर पनि वेष्टबंगालमा राम्रै पकड राख्दछ ।
नेपालमा उसको प्रदर्शन यो तेस्रो पटक हुने छ । यस अघि बिराट गोल्डकप र माइभ्याली गोल्डकपमा आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ । दुईवर्ष अघिको विराट गोल्डकपको सेमीफाइनलमा विभागीय टिम नेपाल पुलिससँग १–० ले हार बेहोरेको थियो । माइभ्यालीमा पनि सेमिफाइलनसम्मै पुगेर यात्रा टुंगिएको थियो ।
तर, तेस्रो पटकको नेपाल आगमनलाई जितमा परिणत गर्न चाहान्छ दुर्गापुर स्टिल । ‘अफकोर्ष जित्नैका लागि भनेर खेल्न आएका हौं ।’ दुर्गापुरका कोच असिम राय हिन्दीमा भन्छन् । सामान्यतः ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिने दुर्गापुरले विपक्षीको रणनीतिलाई हेरेर फर्मेसन परिवर्तन गर्न सक्ने छ । त्यही कुरा संकटामा पनि लागू हुन्छ । ‘विपक्षीको रणनीतिको आधारमा फर्मेसन परिवर्तन हुन सक्छ । नर्मल्ली हामी पनि ४–४–२ मै खेल्छौं ।’ संकटाका कोच सल्यान खड्गी भन्छन् ।
दुबै टिमबीच हालसम्म एकपटक पनि भेट भएको छैन् । त्यो हिसावले दुबैलाई कस्तो टिम होला भन्ने अनुमान लगाउन गाह्रो छ । ‘त्यो टिम कस्तो छ हामीलाई थाहा छैन् ।’ ब्लाष्टकर्मीको प्रश्नमा दुबै कोचहरुले यस्तो जवाफ दिन्छन् । तर, पनि मैदानमा उत्रिसकेपछि विपक्षीको रणनीतिका आधारमा रणनीति परिवर्तन गरेर अघि बढ्ने सोचमा छन् दुबै टिम । दुर्गापुरमा दुई नाइजेरियन खेलाडीसँगै सलाउद्दिन, सुवेन्द्रू घोष, सन्तोष राम्रा खेलाडीहरु उत्कृष्ट रहेको कोच राय बताउँछन् ।
रायका अनुसार केही खेलाडीहरु इण्डियन लिग खेलिरहेका कारणले केही कठिनाई हुन सक्ने छ । त्यसका बाबजुद पनि राम्रो खेल्ने अपेक्षा रहेको उनले बताए । दुर्गापुरले दुई वर्ष अघि जेण्डालपुर अलइण्डिया गोल्डकपमा उपविजेता बनेको थियो । झण्डै ३० वर्ष पुरानो क्लवले स्थानीय स्तरमा तेस्रो चौथो नम्बरमा आउने गरेको छ । संकटाले यसवर्ष सिमरा र विकास रनिङ सिल्ड जित्दा खप्तड गोल्डकप र राइनो गोल्डकपमा उपविजेता बनेको थियो ।
संकटाको प्लेमेकरहरुमा विश्व अधिकारी, अमित तामाङ, गोलरक्षक विनय श्रेष्ठ हुन् । कोच खड्गी उनीहरुप्रति आशावादी पनि छन् । खेल हो, खेलमा कस्को हारजित हुन्छ त्यसको कुनै ग्यारेन्टी हुदैन । त्यसले पनि दुबै टोलीले जित्ने अभिलाषाका साथ मैदानमा उत्रिदै छन् । तर, बाजी कस्ले मार्ने हो, विजयी सुरुवात कस्ले गर्ने हो त्यो हेर्न एन्फा एकेडेमीको मैदानमा पुग्नु पर्ने हुन्छ ।