धनकुटा/ सत्सठी औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा धनकुटामा पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन खेल शुरु भएको छ । राजनारायण श्रेष्ठ प्रतिष्ठान धनकुटाको आयोजनामा पूर्वाञ्चल स्तरीय खुल्ला महिला तथा भ्याट्रन्स ब्याडमिन्टन प्रतियोगिता खेलको शुक्रबार उद्घाट्न गरिएको हो । पूर्वाञ्चल स्तरीय व्याडमिन्टन खेलमा खुल्ला ३२ जोडी, महिला ६ जोडी, भेट्रान्स १६ जोडी गरी ५४ जोडी खेलाडी बिच खेल हुने जनाईएको छ ।

उदयपुर, सप्तरी, संखुवासभा, तेह्थुम, भोजपुर र धनकुटा जिल्लाका खेलाडीे प्रतियोगिता खेलमा प्रतिष्पर्धात्मक खेलका लागि सहभागी भएका छन् । प्रतियोगितमा पहिलो विजेतालाई २५ हजार नगद मेडल र प्रमाण पत्र दोस्रो विजेतालाई १५ हजार नगद र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष नविन किशोर श्रेष्ठले बताएका छन् ।

त्यसैगरी भ्याट्रन्स तर्फ पहिले विजेतालाई नगद १५ हजार मेडल र प्रमाण दोस्रो विजेतालाई १० हजार नगद मेडल र प्रमाण पत्रप्रदान गरिने जनाईएको छ । महिलातर्फ पहिलोे विजेतालाई १० नगद मेडल र प्रमाण पत्र दोस्रो विजेतालाई ५ हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ । पूर्वाञ्चल स्तरीय व्याडमिन्टन खेल फागुन ८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।