एजेन्सी – आफ्ना सन्तानलाई स्तनपान गराउँदा महिलाले अपूर्व आनन्द अनुभूति गर्छ । स्तनपानले शिशुको विकासमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्छ । तर बारम्बारको स्तनपान कतिपय महिलाका लागि भने पीडादायी हुन सक्छ । महिनौंसम्म स्तनपान गराउँदा दिक्क पनि लाग्न सक्छ । केही महिलामा स्तनपान गराउदा स्तन झोल्लिने भ्रमसमेत छ । तर स्तनपानले भन्दा पनि उमेर, तौल, पोषण, व्यायाम आदिले पनि स्तनको आकारलाई असर गर्छ । विज्ञका अनुसार स्तन लत्रिनुको स्तनपानसँग कुनै सरोकार छैन ।

अमेरिकी सोसाईटी अफ प्लाष्टिक सर्जन बाल्टिमोर कन्फरेन्स २००७ मा प्रस्तुत गरिएको एक अध्ययनमा पनि स्तनपान गराउने आदत र स्तन झोेल्लिने विषयसँग कुनै लेनदेन छैन । स्तनपान गराउने महिलाको स्तन वरपरको भाग नराम्रो देखिए पनि छाला भने राम्रो हुने विज्ञहरुले पाएका थिए ।  एक पछिल्लो अध्ययनले त स्तनपानले झोल्लिनबाट मात्र बचाउँदैन स्तनको छालालाई समेत स्वस्थ बनाउने देखाएको छ । आमा र बच्चाको स्वास्थ्यको फाइदाका लागि स्तनपान एउटा राम्रो छनौट हो ।

महिला गर्भवती हँुदा पनि स्तन ठूलो हुन्छ । दुधको प्रवाहले स्तनभित्रका तन्तु र स्तनको छालालाई फैलाइदिन्छ । जब दुध सुक्दै जान्छ, दुधका ग्रन्थी पनि चाउरी परी सामान्य आकारका हुन्छन् । दुध चुसाउन छोडेपछि स्तनको आकार पनि सुक्न थाल्छ । यसले स्तनलाई अलिकति ठूलो बनाउँछ । यसका अलावा तौलमा वृद्धि भएसँगै बढेको स्तनको आकारले स्तन वरपरका लिगामेन्टलाई फैलाइदिन्छ र स्तन झोल्लिन थाल्छ । स्तन झोल्लिनबाट बचाउन निम्न उपाय अपनाउनुहोस्:

आफ्नो तौल र स्तनको आकार सुहाउँदो ब्रा लगाउनुहोस् । गर्भवती हुँदा स्तनको आकार बढ्दै जाने भएकाले ब्रा पनि ठूलो चाहिन सक्छ । सम्भव भएसम्म स्तनको आकारमा वृद्धि भएसँगै ब्राको आकार पनि ठूलो बनाउने ।

शरीको तौल वृद्धि हुँदा स्वाभाविक रुपमा स्तन पनि ठूलो हुने भएकाले तौल नियन्त्रण गर्नुहोस् ।

स्तनलाई बारम्बार मोस्चराईज गर्नुहोस् । स्तन राम्रो देखाउन पनि बारम्बार मोस्चराइज गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ । मोस्चराईजरले छालालाई लचकदार बनाई स्तन लत्रनबाट बचाउँछ ।

स्तन र वरपरका मांसपेशीलाई सशक्त र लचकदार बनाउन व्यायाम गर्नुहोस् । धूमपान नगर्नुहोस् । धूमपानले स्तनलाई लचकदार बनाउने तन्तुलाई टुटाईदिई स्तन झोल्लिने हुन्छ । (क्युरजोइडटकम)