पथरी/पथरीशनिश्चरे भूटानी शिविरमा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा बेसले विद्यार्थीहरूलाई ‘प्राकृतिक प्रकोप नियन्त्रण’ सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ । पथरीशनिश्चरे–२ को पञ्चायत उमाविका विद्यार्थीहरूलाई बुधबार उसले प्रशिक्षण दिएको हो ।
उच्चमाविमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सुरक्षा बेस क्याम्पका प्रमुख सूर्य धमलाले प्रशिक्षण दिएका थिए । नेपालमा हालै गएको भूकम्पलाई सम्झँदै प्राकृतिक प्रकोपहरूमध्ये पनि भूकम्पले नेपालमा प्रभाव पार्न सक्ने भएकोले यसलाई प्राथमिकता दिइएको थियो । भूकम्प जानुको कारण र नेपाल भूकम्पग्रस्त क्षेत्र भएको बारेमा धमलाले जानकारी गराएका थिए ।