इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलाडी किनबेच सोमबार बेङ्लुरुमा सुरु भएको छ। यस वर्षको आइपिएलका लागि १० खेलाडीको अघिल्लो लिलामीमा इङ्ल्यान्डका बेन स्टोक्सले सबैलाई पछि पारेका छन्। स्टोक्सका लागि भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको राइजिङ पूणे सुपरजाइन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको छ। उनी आइपिएल सिजन–१० को सबैभन्दा महंगो क्रिकेटर भएका छन्। पछिल्लो वर्षका महंगा खेलाडी भारतका पवन नेगीका लागि यसपालि क्लब अनिच्छुक देखियो।

उनलाई १ करोड रुपैयाँमा रोयल च्यालेञ्जर्स बेङ्लोरले किनेको छ। पछिल्लो वर्षको तुलनामा ७ करोड उनले कम पाएका हुन्।  यसपालि लिलामीमा रहेका ३ सय ५२ खेलाडीको किनबेच केही समयपछि सुरु हुँदैछ।