मेवा स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो । यसको प्रयोग रगतको कोलस्टेरोल मात्रा घटाउनेदेखि वाकवाकी लाग्नेसम्मका समस्याका लागि लाभदायि मानिन्छ । आज हामी तपाईलाई मेवाका फाइदाका बारेमा जानकारी दिदैछौँ ।

१)  छालामा मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ। यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।

२)  कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ। यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ।

३ ) चाउरीमा मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ।

४ ) पेटको समस्यामा मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ। यसले पेटका जुका तथा परजीवीलाई मार्छ।

५ ) कन्स्टिपेसनमा मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ।

६ ) मलद्वारसंबन्धी समस्यामा मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ।

७ ) तौल घटाउन उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ।

८)  बिहानीको वाकवाकीमा खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

९)  हाडजोर्नी जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ। यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ।

१०)  प्रतिरोधी क्षमतावृद्धिमा यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ।

११)  स्याम्पुको रुपमा मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ।

१२)  रजस्वला अनियमित भएकोमा मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।

१३)  कलेजोको क्यान्सरमा यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउँछ।

१४) गर्भनिरोधक भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।

१५)  मिर्गौलाको समस्यामा विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ। यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ।

१६)  डेंगु अनुसन्धानकर्ताका अनुसार मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने पुष्टि गरेका छन्। मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ।