ब्राजिल– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो ।
कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् ।
‘त्यती बेला म घाइते थिए । करिब ६० प्रतिशत मात्र फिट थिए,’ रोनाल्डोले भने, ‘म अभ्यासमा जाँदा वा कतै हिड्दा सबैले मेरो चोटको कुरा गर्थे । त्यसैले चोटबाट सबैको ध्यान हटाउन भिन्न खालको कपाल बनाएको थिए । ’
रोनाल्डोको त्यो रणनीति सफल पनि भयो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई हराउँदा रोनाल्डोले २ गोल गरे । उनी प्रतियोगिताको उत्कृष्ट गोल गर्ने खेलाडी बने र गोल्डेन बुट पनि जिते ।