धरान / विभागीय टोली नेपाल पुलिस क्लव उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ । पुलिसले पाहुना टोली सिलिगुढी कञ्चनजङ्गा एफसीलाई ३(२ गोल अन्तरले पराजित गरेको हो । कञ्चनजङ्घा उत्तर बंगालको ए डिभिजन टिम हो । कञ्चनजङ्घा पुलिससँग अघिल्लो वर्षको मदन भण्डारी मेमोरियल गोल्डकपमा १-० गोलले सेमिफाइलनमा पराजित भएको थियो । मङ्गलबारको खेलमा पुलिस २(० गोलको स्थिति उल्टाउँदै कञ्चनजङ्घा बराबरीमा ल्याउन सफल भएको थियो । तर, कञ्चनजङ्घाका गोलरक्षक प्रमोदले अन्तिम मिनेटमा गरेको कर्नर बल उसको लागि घातक सिद्ध बन्यो । जसको फाइदा पुलिसले उठायो । ‘हामी हन्ड्रेड प्रतिशत किपरको कारण हा¥यौं ।’ कञ्चनजङ्घाका प्रशिक्षक दीपक क्षेत्रीले भने, ‘खेलाडीले राम्रो खेल्यो । १० जना खेलाडी हुँदा पनि २(० को अग्रतालाई बराबरीमा ल्याए । तर, किपरको कारण हामी हा¥यौं ।’ कञ्चनजङ्घा सिलिगुढी बेस क्लव हो । दोस्रो हाफको २२ औं मिनेटमा कञ्चनजङ्घाका कप्तान अमिर लामाले रेडकार्ड खादै बाहिरिएपछि खेलमा उसले पुनरागमन गरेको थियो । रेडकार्ड खाए लगत्तै २७ मिनेटमा वाङछाउ तामाङलाई ब्याक ट्यागल गरेर लडाएपछि पाएको फ्रिकिकमा निवास रानाले ३० यार्डबाट गरेको प्रहार सिधै जाली चुमेको थियो । कञ्चजङ्घाले इन्जुरी समयको ४३ औं मिनेटमा पाएको पेनाल्टी गोलबाट बराबरीमा ल्याउन सफल भएको थियो । वानछाउ तामाङलाई लडाएपछि पाएको पेनाल्टी बलमा मानबहादुर परियारले सुन्दर गोल गरे । त्यस अघि प्रहरीले दोस्रो हाफको ४ मिनेटमा विपक्षी रंक्षापंक्तिका खेलाडी निपेश शर्माले पुलिसका कप्तान जुमानु राईलाई लडाएपछि फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा पुलिसका अभिषेक रिजाल चुकेनन् । उनले पहिलो बार चाप्दै गोलमा परिणत गरेका थिए । त्यस्तै १४ मिनेटमा पुनः वान भरसेज वानमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दवावमा खेलेको कञ्चनजङ्घाले पनि खेलमा अवसरहरु खेर फालेको थियो । पुलिसले अन्तिम एक मिनेट बाँकी रहँदा पाएको कर्नर बलमा पुलिसका मानबहादुर परियार चुकेनन् । तेज तामाङको कर्नर प्रहार उनले हेडमार्फत् गोल गरे । त्यही बल पुलिसको लागि सेमिफाइलन यात्रा गर्ने अवसर बन्यो । यो सिजनमा पुलिस यसअघि सुरुङ्गा गोल्डकपमा सेमिफाइलनसम्म पुगेको थियो । विभागीय टिम एपिएफसँग उँ पराजित बनेको थियो । यो सिजनको दोस्रो सेमिफाइलन हो । बुढासुब्बा गोल्डकपमा उपाधि चुम्ने अवसरका रुपमा पुलिसले हेरेको छ । किनकी पुलिस साविक उपविजेता हो भने चारपटकको विजेता हो । ‘खेल समग्रमा राम्रै भयो । सुरुमा हामीले गोल गरेको कारण विपक्षी टीम प्रेशरमा खेलेको थियो ।’ प्रशिक्षक कुमार कटुवालले भने, ‘फ्रिकिक र पेनाल्टीमार्फत गोल भएपछि प्रहरीलाई अप्ठ्यारो स्थिति सिर्जना गरेको थियो ।’ उनले खेलाडीहरुको खेलप्रति सन्तुष्ट रहेको बताए । पुलिसले पाहुना टोलीलाई सुरुदेखि नै दवावमा राखेको थियो । सुरुवाती २ मिनेटमै बुद्ध लामाको क्रस पास अभिषेकको हेड गोल चुकेको थियो । पुन १० मिनेटमा बुद्ध लामाको लामो प्रहारलाई रंक्षापक्तीका निपेश शर्माले उत्कृष्ट बचावट गरे । पुलिसले २८ मिनेटमा, ४१ मिनेटमा, ४५ मिनेटमा पाएको अवसरहरु खेर फालेको थियो । कञ्चनजङ्घाले पनि २१, २३, २८, दोस्रो हाफको ३६ मिनेटमा अवसरहरु पाएको थियो । तर, अवसरहरु सदुपयोग गर्न नसक्दा पाहुना टिमले क्वाटरबाटै विदा लिएको छ । खेलको म्यान अफ दि म्याच कञ्चनजङ्घाका निवास राना घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाएका छन् । बुधबारको पहिलो सेमिफाइनल खेल सिमरा गोल्डकप विजेता संकटा र उदयपुर गोल्डकप विजेता रुपन्देही ११ का बीच हुँदै छ ।