काठमाडौँ/ काजु बाट बनेका धेरै प्रकारका मिठाई बजारमा देख्न पाईन्छ । यसको प्रयोग बाट बनेका मिठाई निकै स्वादिष्ट हुने गर्दछ ।
स्वादका साथै सुखानै पनि काजु खाने गरिन्छ । काजुको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ ।काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।
यस्ता छन काजुको सेवनको फाइदाहरु :
१) काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ ।
२) कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ ।
३) काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ ।
४) काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।
५) नियमित बिहानै खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।
६) काजु नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन ।
७) काजु नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ नोटस् ।