च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा युभेन्टसले पोर्तोलाई २–० ले हराएको छ । साे खेलमा दुर्लभ रेकर्ड कायम भएकाे छ । एकै खेलमा २ गाेल त्याे पनि अतिरिक्त खेलाडीले गरे । २७ औं मिनेटमा पोर्तोका एलेक्स टेलेस दोहारो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्तोको संकट बढेको थियो । १० खेलाडीमा सिमित रहेको पोर्तोमाथि गोल गर्न युभेन्ट्सलाई ७२ मिनेटसम्म कुर्नु पर्‍यो ।  कुवाडार्डोको स्थानमा मैदानमा प्रवेश गरेका मार्को पाजाकाले पहिलो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका डानी अल्भासले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । अल्भासले मैदान छिरेको एक मिनेट र पाकाजाले मैदान छिरेको पाँच मिनेटमै गोल गरेका हुन् । दुवै टोलीविरूद्ध दोस्रो लिगको खेल मार्च १४ मा हुनेछ ।