हलीउड गायिका तथा अभिनेत्री पेरिस हिल्टन वुधबार राती हलीउड व्यूटी अवार्ड्समा सहभागी भइन । त्यस बेला उनले डिजाइनर अगस्त गेट्टीको मिलियन डलर कलेक्शनको पहिरन लगाएर इवेन्टमा पुगेकी थिइन ।

३६ बर्षिय पेरिसले २७० हजार डलर अर्थात लगभग १.८ करोड रुपैयाँको सिल्वर गाउन लगाएकी थिइन । यो पहिरनमा पेरिस निकै सुन्दर देखिएकी थिइन । तर, उनका लागि यो पहिरन आफ्नो शरीरमा अड्याउन नै मुश्किल परेको थियो । मीडियासँग तश्वीर खिचाउने क्रममा पेरिस लो-कट ड्रेसलाई एडजस्ट गर्दै गरेको देखिएकी थिइन ।

उनी बारम्बार आफ्नो गाउनको माथिल्लो भाग मिलाउँदै गरेकी देखिन्थिन । यति मात्र होइन पेरिसको यो गाउन उनको हाई हील्समा समेत अड्किएको थियो, जसलाई उनले निहुरिएर मिलाउनु पर्यो । बताइदिउँ कि, पेरिसले झण्डै २ मिनेट मिडियाको अगाडी तश्वीर खिचाइन, त्यस बेला उनी दुई पटक पहिरनका लागि लज्जित हुनु पर्यो ।