धरान/उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लवले धरानमाथि रवाफिलो जित दर्ता गर्दै फाइलनमा पुगेको छ । [caption id="attachment_30855" align="alignnone" width="600"] बलका लागि भिड्दै धरानका खेलाडी । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] अव उपाधिको लागि सिएमजी संकटा र विभागीय टिम नेपाल पुलिस क्लव बीच भिडन्त गर्ने भएका छन् । बिहीबारको दोस्रो सेमिफाइलन खेलमा आयोजक धरान निलोमाथि रवाफिलो जित दर्ता गर्दै पुलिस फाइनलमा पुगेको छ । पुलिसले धरानलाई ३–१ गोलको रवाफिलो जित दर्ता गरेको छ । धरानलाई ३२ औं मिनेटमा पुलिसका रक्षापंक्तिका खेलाडी मानबहादुर परियारले हेड गोल गर्दै स्तब्ध बनायो । तर, त्यो खुसीलाई धरानले ६ मिनेट नबित्दै रेजिन सुम्बाले गोल गर्दै बराबरीमा ल्याए । बराबरी गरेको २ मिनेट लगत्तै जुमानु राईको लामो प्रहार दोस्रो बारमा ठोक्किदै गोलमा परिणत भयो । पुलिसले पुनः ६६ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा जुमानुले व्यक्तिगत दुई गोल गर्दै म्यान अफ दि म्याचका भागिदारसमेत बने । उनले ५ हजार रुपैयासहित ट्रफी पाए । पुलिस शनिबार संकटासँग भिड्दै छ ।