तौल घटाउन पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ ।

नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस् ः

नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस् ः

यदि तपाईं दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईं आफ्नो क्यालोरीको गलत अनुमान लगाईरहनुभएको छ । तपाईंले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।

दैनिक ४५ मिनेट हिड्नुहोस् ः

दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।

खाना खान सानो प्लेट प्रयोग गर्नुहोस् ः

अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ । चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ ।

खाना खाने ठाँउमा ऐना लगाउनुहोस् ः

के पनि भनिन्छ भने यदि खाना खाने ठाउँमा ऐना लगाउने भने मानिस आफ्नो शरीर देखेरै तौल कम गर्नतिर लाग्छ ।

पानी बढी भएको खाना खाने

पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

कम चिल्लो भएको दुध प्रयोग गर्ने ः

चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

९० प्रतिशत खाना घरमै खाऔं ः

सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।

बिस्तारै खानुहोस् ः

बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ ।

हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइनदिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने ।

यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।, वास्तवमै भोक लागेपछि मात्र खानुहोस् ।

जूसको सट्टा फल खानुहोस् ः

जूसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।

बढी हिड्नुहोस् ः

जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।

हप्तामा एकपटक कुनै गाह्रो काम गर्नुहोस् ः

हप्तामा कम्तीमा पनि एकपटक गाह्रो काम गर्नुहोस्, जस्तो कि आफ्नो बाइक वा कार आफैं धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।

साँझ कम खानुहोस् ः

अध्ययनका अनुार तपाईं जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उतिनै कम खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।

कागती र मह प्रयोग गर्ने

हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।