धरानमा बिहीबार राति एक व्यक्तिमाथि आक्रमण
धरान/धरान–३ का एक व्यक्तिमाथि सांघातिक आक्रमण भएको छ । धरान–३ का ४७ वर्षीय मिलन साही खड्गीमाथि बिहीबार साँझ सातबजे आक्रमण भएको हो ।
आक्रमणमा संलग्न एकलाई प्रहरीले पक्राउ गरेका छन् भने एकजना फरार छन् । खड्गीको टाउँकोमा गम्भीर चोट लागेको छ । टाउँकोमा तीन टाँका लागेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
घटनामा संलग्न अरुण राईलाई पक्राउ गरेको छ भने दिपेश राई फरार छन् । घटना के कारणले घट्यो भन्ने हालसम्म जानकारीमा नआएको डिएसपी खतिवडाले बताए । घटनामा संलग्न अरुणलाई एकघण्टापछि नियन्त्रणमा लिएको थियो ।
त्यस्तै धरान ११ मा पसल सञ्चालकलाई आफ्नै कामदारले धाकधम्की दिँदै पसल तोडफोड गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । महेश राईको पसलमा कार्यरत हेमन्त प्रधानले पसल तोडफोड गरेको हो । तोडफोडमा संलग्न कामदार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही चलाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































