[caption id="attachment_31018" align="alignnone" width="1024"]
उपाधि विजेतालाई ट्रफी प्रदान गर्दै जिआरयुका मेजर जोगमान राई । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
धरान/नेट चार अण्डर ६६ खेल्दै एमेच्योर गल्फर सुरेन राईले शुक्रबार चौथो धरान सोसाइटी जिआरयु वर्थडे कप गल्फ टुनामेन्टको उपाधि जितेका छन् ।
निर्वाणा कन्ट्री क्लव तथा गल्फ रिसोर्टको १८ होल पार ७० को खेलमा १६ हेण्डिक्याप गल्फर राईले उपाधिसँगै रनिङ ट्रफी र सिल्ड प्राप्त गरे भने ९ हजार रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
एक अण्डर ६९ खेलेका जितबहादुर राई फष्ट रनर अप बन्दै ट्रफी पाए । त्यस्तै एक अण्डर ६९ खेलेका देवबिक्रम लिम्बू सेकेण्ड रनरअप बन्दै ट्रफी जिते ।
कुल ८ ओभर ७८ खेलेका काजी राई मोष्ट बर्डिजको उपाधि जिते । नेट १७ अण्डर ४३ खेल्दै जुनियरमा विशेष राई विजेता घोषित भए । लेभल पार खेलेका क्याप्टेन विष्णुकुमार राई सिनियर तर्फ विजेता घोषित भए ।
दुईवटा होलमा मष्ट बर्डी गरेका जितेन राईले ट्रफीसहित २५ सय रुपैयाबराबरको गिफ्ट भौचर प्राप्त गरे । १७ औं होलमा नियरेष्ट टु दि पिन गर्दै शेखर लिम्बूले ट्रफीसहित २५ सय रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे । लङ्गेष्ट ड्राइभमा राजु राई घोषित भए ।
विजेता खेलाडीहरुलाई प्रायोजक जिआरयुका मेजर जोगमान राई, नेपाल गल्फ एसोसिएनका केन्द्रीय सदस्य मेजर एमवि लिम्बू, जिल्ला गल्फ संघका अध्यक्ष मेजर डिवी राईले पुरस्कार वितरण गरेका थिए । धरान गल्फ संघको आयोजनामा खेल हुँदै आइरहेको छ ।