धरान/सिएमजी संकटा र विभागीय टिम नेपाल पुलिस बीच दोस्रो पटक उन्नाइसौं बुढासुब्बामा हुँदै छ । यो सिजनमा ९ वटा गोल्डकपमा सहभागी बनिसकेको संकटा र ५ वटा गोल्डकपबाट उपाधिविहीन भएको पुलिस आमनेसामने गरिरहेका छन् । आज ३ बजेदेखि धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा उनीहरुको भेट हुदैछ । आहा–राराको क्वाटरफाइलनमा भेट भएका यि दुई टोली एकअर्कासँग परिचित छन् । जहाँ पहिलो हाफमा पुलिसले संकटामाथि दवदवा कायम राख्दा दोस्रो हाफमा त्यो दबदवालाई गुमाउन पुग्दा २–१ को स्थितिमा संकटा जित तर्फ लम्कियो । त्यसपछिका सबैजसो खेलमा पुलिस सेमिफाइनल भन्दा माथि उक्लिन सकेको थिएन् । तर, बुढासुब्बा उ फाइनलमा मात्रै पुगेको छैन्, उपाधिको संघारमा पनि छ । जुन् उसको लागि आहा(राराको बदला हुन सक्छ । तर, संकटाले विपक्षीको रणनीतिलाई बुझेर मैदानमा उत्रिने गरेको छ । जसको कारण उसले यो पटक दुई वटा उपाधि उचालिसकेको छ भने दुई ठाउँमा उपविजेता बनिसकेको छ । यसकारण उ पुलिस भन्दा कम छैन् । ‘खेल हो यसै भन्न सकिदैन् । केही हदसम्म हामी एडभान्स छौं । केही रुपमा उनीहरु ।’ संकटाका प्रशिक्षक सल्यान खड्गी भन्छन् । पुलिससँग राष्टिूय खेलाडी र अण्डर १९ का खेलाडी भएकाले केही एडभान्स छ । यता संकटासँग त्यस्तो नाम चलेको खेलाडी छैन् । ‘तर, कमजोर पनि छैन् ।’ प्रशिक्षक खड्गी थप्छन् । फर्मेशनको हिसावले दुबै उस्तै लयमा खेल्छन्, ४–४–२ । यो दुबै टिमको रणनीति हो । ‘तर, पुलिसले खेलको अवस्था हेरेर ४(३(३ पनि खेल्न सक्छ ।’ पुलिसका प्रशिक्षक कुमार कटुवाल भन्छन् । प्रशिक्षक कटुवालले तीन महिना अघि सम्हाले यता उपाधिविहीन छ । तर, हरेक गोल्डकपमा केही प्रगति भने गरिरहेको छ । ‘हामीसँग राष्ट्रिय खेलाडी र अण्डर १९ का खेलाडीहरु छन् । सबै फिट छन् ।’ उनी थप्छन् । जुमानु राई फरवर्ड लाइनमा छन् । ३१ वर्षीय अनुभवी राई फरवर्ड लाइनमै हुने छन् भने उनको सहयोगीको रुपमा अन्य खेलाडीहरु रहने छन् । विन्गरमा आशलाग्दा खेलाडी छन् अभिषेक रिजाल । जस्ले एउटै खेलमा दुई गोल गरेर आफ्नो कौशल देखाइसकेका छन् । ‘हामी यो सिजनमा पहिलो पटक फाइनलमा आइपुगेका छौं । र, जित्छौं ।’ प्रशिक्षक कटुवालले भने । दुबै टिमको एउटै लक्ष्य छ, उन्नाइसौं बुढासुब्बा जित्ने । पुलिसले बुढासुब्बा तालिकामा एक थप्ने सोचमा छ । यस अघि चारपटक विजेता बनिसकेको छ । चारपटक उपविजेता बनेको छ । त्यसो त, यस अघिको उपविजेता हो पुलिस । यो पटक जितेमा पुलिसले पाँचौं पटक बुढासुब्बा उठाउने छ भने संकटा उपविजेतामा चित्त बुझाउने छ । आक्रामक रुपमा मैदानमा उत्रिन लागेको दुबै टिमले उपाधि हत्याउन ‘एट्याकिङ’ खेल्दै छन् । विकास रनिङ रनिङ सिल्ड, राइनो, सिमरा, उदयपुर, पोखरा, झापा, खप्तड, सुमन भोम्जन गोल्डपकमा संकटा खेल्दै विकास रनिङ सिल्ड र सिमरा गोल्डकपको उपाधि उचालेको छ । राइनो र खप्तडमा उपविजेता बनेको छ । यता पुलिसले सुरुङ, सातौं राष्ट्रिय खेलकुद, सुमन भोम्जन, झापा गोल्डकप खेलिसकेको छ । जसमा सुरुङ्गा बाहेक अन्यमा सेमिफाइनल भन्दा माथि जान सकेको छैन् । ६ जना विदेशी खेलाडीहरु सम्मिलित संकटाले सुरुमा तीनजनालाई खेलाउँदै छ । ‘एट्याकिङ गेम खेल्छौं ।’ प्रशिक्षक खड्गीले भने । कडा प्रतिस्पर्धा हुने आकलन गरिरहेको पुलिसक प्रशिक्षक कटुवालले धरान निलोलाई जितेको जस्तै गरी खेल्ने रणनीति बनाएको छ । ‘आहा राराको कम्प्टली बदला लिने प्रोसेसमा छौं ।’ उनले थपे । हालसम्मका बुढासुब्बा विजेता, उपविजेताहरु २०५५ सालदेखि सुरु भएको बुढासुब्बा गोल्डकपको पहिलो संस्करण पाहुना टोली बुल्गेरिया एफसीले जितेको थियो । जसमा धरान फुटबल क्लव उपविजेता बनेको थियो । त्यस्तै दोस्रो संस्करणमा महेन्द्र पुलिस क्लवले उचाल्दा धरान फुटबल क्लव उपविजेता बनेको थियो । तेस्रोमा बंगलादेशको धनमुन्दी क्लवले उचाल्दा नेपाल पुलिस क्लव उपविजेता बनेको थियो । चौथोमा महेन्द्र पुलिस क्लवले उचाल्दा धरान फुटबल क्लव उपविजेता बनेको थियो । पाँचौं संस्करणमा महेन्द्र पुलिस क्लव विजेता बन्दा फ्रेण्डस क्लव उपविजेता बनेको थियो । छैठौं सस्करण मनाङ मस्र्याग्दी क्लवले उचाल्दा महेन्द्र पुलिस क्लव उपविजेता बनेको थियो । सातौं थ्रि स्टारले उचाल्दा जाउलाखेल युथ क्लव उपविजेता बनेको थियो । आठौं अफ्रिकन युनाइटेड र धरान फुटबल क्लव उपविजेतामा चित्त बुझाएको थियो । नवौंमा नविल थ्रि स्टारले उचाल्दा अफ्रिकन युनाइटेड रनरअप बनेको थियो । दशौंमा महेन्द्र पुलिस क्लवले उचाल्दा जाउलाखेल युथ क्लव रनरअप बनेको थियो । एघारौंमा नविल थ्रि स्टार विजेता बन्दा त्रिभुवन आर्मी उपविजेता बनेको थियो । बाह्रौमा आरसिटी विजेता बन्दा नेपाल पुलिस उपविजेता बनेको थियो । तेह्रौंमा मनाङ मस्र्याग्दीले उपाधि उचाल्दा आरसिटी उपविजेता बनेको थियो । चौधौंमा थ्रिस्टारले उचाल्दा मनाङ उपविजेता बनेको थियो । पन्ध्रौं हङकङ नेपाली महासंघले उचाल्दा त्रिभुवन आर्मी उपविजेतामा चित्त बुझाएको थियो । सोह्रौंमा अफ्रिकन युनाइटेडले जित्दा साहारा क्लव पोखरा उपविजेता बनेको थियो । सत्रौंमा एपिएफले जित्दा मनाङ उप बनेको थियो भने अठारौंमा मनाङ विजेता बन्दा पुलिस उपविजेतामा चित्त बुझाएको थियो ।