धरान  /  पाँचौं नेवा च्यारिटी ८ के धरान रनमा आज देशभरका २१ सय धावकहरु दौडिएका छन् । ८ किमी दुरीमा उनीहरुले धरान बजार परिक्रम गरेका छन् । दौडमा पुरुष तर्फबाट भारतीय आर्मीका तीर्थ कार्की र महिलामा नेपाल आर्मीकी सानुमाया कार्की च्याम्पियन बनेका छन् । तीर्थ साविक विजेता पनि हुन् । धरानमा शनिबार सम्पन्न नेपालकै ठूलो म्याराथुन प्रतियोगितामा नेवा च्यारिटीमा तीर्थले २६ मिनेट ८ सेकेण्डमा दुरी पूरा गरे । सानुमायाले ३४ मिनेट ३ सेकेण्डमा ८ किलोमिटर दुरी पूरा गरेकी थिइन् । च्याम्पियन दुबैले नगद ४० हजार रुपैयासहित ट्रफी पाए । पुरुष तर्फ नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो बनेका छन् भने आर्मीकै टीकाराज कट्वाल तेस्रो बने । श्रेष्ठले २६ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गर्दा कट्वालले २७ मिनेट २७ सेकेण्डमै दूरी पूरा गरेका थिए । होमलाल दोस्रो नेवा च्यारिटी ८ के रनका च्याम्पियन हुन् । महिलामा ३४ मिनेट १३ सेकेण्डमा दुरी पूरा गर्दै सन्तोषी श्रेष्ठ दोस्रो र ३६ मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दा सीता न्यौपाने तेस्रो बनिन् । न्यौपाने पश्चिम जुम्लाकी हुन् । पुरुष तथा महिला तर्फका दोस्रो र तेस्रोले क्रमशः ३० हजार २० हजार रुपैया जिते । भेट्रानमा ३६ मिनेट २८ सेकेण्डमा दुरी पूरा गर्दै धरानका निर्मल राई प्रथम बने । ३८ मिनेट ४८ सेकेण्डमा दुरी पूरा गरेर मोहन सुब्बा दोस्रो बन्दा ३९ मिनेट १९ सेकेण्डमा दुरु तय गरेका राम तामाङ तेस्रो बने । महिला भेट्रानमा ५२ मिनेट २० सेकेण्डमा निर्धारित लक्ष्य भेट्याएकी रीता राई प्रथम, ५८ मिनेट ५९ सेकेण्डमा गंगा गुरुङ र १ घण्टा तीन मिनेट ३० सेकेण्डमा दुरी पूरा गरेका सुभता राई क्रमशः दोस्रो तेस्रो बने । अण्डर १२ मा ३७ मिनेट ५८ सेकेण्डमा दुरी पूरा गरेका माल्डिना आङथुपो प्रथम बने । ३८ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै सन्देश बेघा र ३९ मिनेट २६ सेकेण्डमा दुरी पूरा गरेका सञ्जिव महर्जन दोस्रो र तेस्रो बने । महिलामा प्रमिला बिक प्रथम बनिन् भने अनुशा प्रधान दोस्रो र स्वेच्छा मगर तेस्रो बनिन् । बिकले ४८ मिनेट २५ सेकेण्डमा दुरी पूरा गर्दा प्रधानले ५७ मिनेट २८ सेकेण्ड र मगरले १ घण्टा १ मिनेट ४९ सेकेण्डमा दुरी पूरा गरिन् । स्थानीयबाट विनिता लिम्बू विजेता घोषणा भइन् । उनले ३८ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गरिन् । अण्डर १६ को पुरुष तर्फ ३२ मिनेट २७ सेकेण्डमा दुरी पूरा गरेका नाम्जे भोटे विजेता बने । त्यस्तै लखन लिम्बू दोस्रो र प्रतिक राई तेस्रो बने । लिम्बूले ३२ मिनेट २८ सेकेण्डमा दुरी पूरा गर्दा राईले ३४ मिनेट २० सेकेण्डमा दुरी पूरा गरेका थिए । महिलामा अण्डर १६ मा अमृता भण्डारी प्रथम बनिन् । उनले ३७ मिनेट ५५ सेकेण्डमा दुरी पूरा गरेकी थिइन् । क्रमशः सृजना राई दोस्रो र अस्मिता बस्नेत तेस्रो बनिन् । राईले ४२ मिनेट ५९ सेकेण्डमा लगाउँदा बस्नेतले ४३ मिनेट ६ सेकेण्डमा दुरी पूरा गरिन् । विजेताहरुलाई धरान उपमहागरपालिका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईलगायतले पुरस्कार वितरण गरे । पाँचौं नेवा च्यारिटीबाट संकलित रकम बालबालिकाहरुको शिक्षामा लगानी गर्ने तयारी रहेको धरान रनका अध्यक्ष रेमू राईले बताए । यसपटक संकलित रकमलाई फण्डमा जम्मा गरेर विद्यार्थीहरुको शैक्षिक सामग्रीलगायतमा सहयोग गर्ने तयारी रहेको उनले सुनाए । कार्यक्रममा धरान रनका सदस्यहरुबाट फण्डको लागि १० हजार एक रुपैया सहयोग गरिएको छ भने सकुन्तला गुरुङको स्मृतिमा १५ हजार रुपैया, सुवास राईले ११ हजार एक सय रुपैया अक्षयकोषको लागि रकम सहयोग गरेका छन् । धरान रनले हरेक शनिबार रनमा आउनेहरु मध्ये सबैभन्दा बढी सप्ताह रन गर्ने दुईजनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा १२ वर्षीय किशोरी विवसा राई र १४ वर्षीय लाजिहाङ फोम्बोलाई प्रशंसा पत्र र गोल्डस्टार सुजले सम्मानित गरेको छ । राईले १०६ हप्ता पूरा गरिसकेकी छन् भने फोम्बोले १४७ हप्ता पूरा गरेका छन् । प्रतियोगितमा देशभरका करिव २१ सय धावकधाविकाहरु सहभागी भएका छन् । यस अघि १७ सय धावकधाविक सहभागी बनेका थिए ।

 तस्बिरहरु: विकास  चाम्लिङ