[caption id="attachment_31278" align="alignnone" width="960"] पाँचौं पटक च्याम्पियन बनेको नेपाल पुलिस क्लवको विजेता खेलाडीहरु । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] धरान/विभागीय टिम नेपाल पुलिस क्लवले उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइलनमा संकटालाई सडेन डेथमा ३–२ गोलले हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिसले उपाधिसँगै आहाराराको बदला चुकाएको छ । पुलिसको यो पाँचौं उपाधि हो । पुलिसले संकटालाई हराउनको लागि सडेन डेथको अन्तिम ११ औं नम्बरका खेलाडी कुर्नु परेको थियो । विपक्षी टिमका अन्तिम ११ औं खेलाडी गोलरक्षक विनय श्रेष्ठले गरेको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले रोकेपछि ३–२ को जित दर्ता गर्दै उपाधि चुमेको हो । पुलिसको यो सिजनको पहिलो उपाधि हो ।
‘जित्ने भनेर आएका थियौं । जित्यौं । हाम्रा खेलाडीले राम्रो खेलिदिए ।’ तीन महिना अघि पुलिसमा प्रशिक्षकको रुपमा नियुक्त भएका कुमार कटुवालले भने ।
‘जित्ने भनेर आएका थियौं । जित्यौं । हाम्रा खेलाडीले राम्रो खेलिदिए ।’ तीन महिना अघि पुलिसमा प्रशिक्षकको रुपमा नियुक्त भएका कुमार कटुवालले भने । निर्धारित ९० मिनेटसम्म दुबै तर्फबाट एक–एकको बराबरीमा रोकिएको थियो । खेलमा संकटाका राज पौडेलले २८ मिनेटमा गोल गर्दै पुलिसमाथि दवाव कायम गरेको थियो । दोस्रो हाफको ३३ मिनेटमा संकटाका अनिल गुरुङले ठूलो डिबक्समा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा जुमानु राई चुकेनन् । जसको कारण खेल टाइब्रेकरमा धकेलियो । सिधै टाइब्रेकरमा गएको खेल ५–५ जनाले हान्दा ३–३ गोल भएपछि सडेन डेथबाट नतिजा आएको थियो । टाइब्रेकरमा पुलिसबाट तेज तामाङ, जुमानु राई र अभिषेक रिजालले गोल गर्दा अजित भण्डारीको बल बाहिरियो भने बुद्ध लामाको प्रहार विपक्षी गोलरक्षकले रोक । त्यस्तै संकटाबाट अनिल गुरुङ, सुशिल केसी र अमित तामाङले गोल गर्दा विदेशी खेलाडी मार्टिन्स अजयी र राज पौडेलको गोललाई विपक्षी गोलरक्षकले जोगाए । त्यसपछि सडेन डेथमा पुलिसबाट बिक्रम धिमाल, तीर्थ बहादुर राना, अरिन चहारको गोल विपक्षी गोलरक्षकले रोक्दा संकटाको भुषण सुब्बा, लावल ओलकेन, दीपेश श्रेष्ठ र विनय श्रेष्ठको गोल विपक्षी गोलरक्षकले रोकेका थिए । सडेन डेथमा पुलिसका भोला सिलवाल, गोलरक्षक रोशन खड्का र सुरज घिमिरे भाग्यमानी सावित भए भने संकटाका कुलदीप कार्की र विदेशी खेलाडी प्याट्रिक जिनले मात्रै गोल गरेका थिए । ‘चारपेनाल्टी एडभान्स पाउँदा पनि हामी हा¥यौं । टोटल्ली ब्याडलक भयो हाम्रो लागि ।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने । संकटा पहिलो पटक बुढासुब्बामा सहभागी भएको टिम हो । विजेता पुलिसले ५ लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पायो भने उपविजेतामा चित्त बुझाएको सिमरा गोल्डकप विजेता संकटाले नगद २ लाख ५० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच र बेष्ट गोलकिपर पुलिसका गोलरक्षक रोशन खड्का घोषित हुँदै नगद २० हजार रुपैया प्राप्त गरे । बेष्ट स्ट्राइकर पुलिसका जुमानु राई घोषित हुँदै नगद १५ हजार रुपैया प्राप्त गरे । र, सर्वाधिक गोलकर्तामा संयुक्त रुपमा पुलिसका जुमानु र संकटाका अनिल गुरुङ घोषित भए । उनीहरुले ३–३ गोल गरेका थिए । २५ हजार रुपैया राशीको उक्त पुरस्कार दुईजनालाई साढे १२ हजारको दरले प्रदान गरिएको छ । बेष्ट मिडफिल्डरमा धरान निलोका हेमन्त गुरुङ घोषित हुँदै नगद १५ हजार पाए । त्यस्तै बेष्ट डिफेन्डरमा पुलिसका बिक्रम धिमाल घोषित हुँदै नगद १५ हजार रुपैयासहित ट्रफी पाए । बेष्ट कोचमा पुलिसका कुमार कटुवाल घोषित हुँदै १५ हजार रुपैया पाए । उदयिमान खेलाडीमा धरान निलोका रेजिन सुब्बा घोषित हुँदै नगद १० हजार रुपैया पाए भने म्यान अफ दि सिरिजमा संकटाका गोल रक्षक विनय श्रेष्ठ घोषित हुँदै यामाहा बाइक प्राप्त गरेका छन् । विजयी खेलाडी तथा टिमलाई राखेप सदस्य सचिव केशवकुमार विष्ट, निर्वतमान आइजिपी दुर्जकुमार राई, धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, धरान फुटबल क्लव एवं एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा आइजिपी राईलाई धरान फुटबल क्लव र किरात राई यायोक्खाले सम्मान पत्रले सम्मानित गरेको थियो ।