काठमाडौं/ काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले जानकारी दिए ।
अहिले विवाहको लगन भएकाले पनि जमघट धेरै हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च हुने डा. पुनले बताए ।
विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सावधानी अपनाउन डा. पुनको सुझाव छ ।
१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र काम छुटे स्वाइनफ्लू भएको हुनसक्ने उनले बताए ।
सार्वजनिक ठाउँमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु, साबुन पानीले हातमुख धुनु तथा झोलिलो खानेकुरा खानु र शंका लागे परीक्षणका लागि स्वास्थ्य संस्थामा जानु नै स्वाइनफ्लूबाट बच्ने उपाय भएको डा. पुनले बताए ।