त्यसो त सबै फल स्वास्थ्यकव लागि धेरै नै लाभकारी मानिन्छ। तर अनार अरु फलभन्दा स्वास्थ्यको लागि निक्कै स्वास्थय वर्द्धक मानिन्छ। भिटामिन ए, सी, इ र फोलिक एसिड तथा एन्टी अक्सीडेन्टले भरिपूर्ण रहेको हुन्छ। अनारले स्वास्थ्यमा के के फाइदा पुर्‍याउँछ ?

  • दैनिक एक गिलास अनारको जुस बनाएर पिएर यसले शरीरको रक्तसञ्चार प्रणालीलाई मजबुत बनाउछ।
  • दैनिक अनार खानाले ब्रेस्ट क्यान्सर लाग्नबाट बचाउँछ।
  • यसको सेवनले मुटुको बिरामी तथा स्ट्रोक लगायतका रोग लाग्‍ने सम्भावना कम हुन्छ।
  • रगतमा आइरनको मात्रा बढाउनुका साथै एनिमिया लगायतका बिरामी हुनबाट जोगाउँछ।
  • यसका साथै यसले पुरुषको प्रोटेस्टेट क्यान्सरको खतरालाई कम गर्ने गर्दछ।
  • गर्मीमा अनार झनै प्रभावकारी मानिन्छ। किनकी यसले शरीरको पाचन प्रणालीलाई नियन्त्रणमा राख्नुका साथै रक्तकोशिका र धमनीहरुलाई स्वस्थ बनाइराख्छ।
  • यसले शरीरको छालालाई चम्किलो बनाउन मद्दत गर्दछ।
  • यस्तै बालबालिकमा लाग्‍ने दाँतको रोगबाट मुक्त गराउँछ।
  • गर्भवती महिलालाई आवश्यक मात्रामा पौष्टिक तत्व प्रदान गर्नुका साथै पेटमा हुर्किरहेको सन्तानको स्वास्थ्यलाई दीर्घायु बनाउँछ।
  • अल्जाइमर रोगका बिरामीलाई समेत यसले आराम दिलाउँछ।