[caption id="attachment_31446" align="alignleft" width="513"] शनिबार प्रतियोगिताको उद्घाटन गर्दे कोशी अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी उत्तमकुमार कार्कि ।[/caption]

विजयपुर/प्रथम निसान कस्मेटीक पूर्वाञ्चल स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगीता आईतबार समापन भएको छ । धरान १३ स्थित श्री पूर्व क्षेत्रीय प्रहरी बहुउद्देसीय भवनमा दुई दिन सम्म भएको उक्त प्रतियोगीतामा पूर्वका १६ जिल्लाबाट ४७ टिम सहभागी भएका थिए । बेस्ट अफ थ्रीमा खेलाईएको सो प्रतियोगीतामा मेन्स डबल, भेट्रन्स डबल र मिक्स डबलमा खेल खेलाईएको थियो ।

आईतबार भएको मिक्स डबल्सको सेमिफाईनल खेलमा धरानका अजय चौधरी र श्रृष्टी राईको टिमलाई हराउदै निशान कस्मेटिक धरानका सुजन श्रेष्ठ र अन्जु तामाङ्गको टिम र धरानका सूर्य श्रेष्ठ र धनमाया लिम्बुको टिमलाई पराजित गर्दै धरानका प्रकाश लिम्बु र सुजा राईको टिम फाईनल चरणमा प्रवेश गरेको थियो ।

त्यस्तै भेट्रन्स डबलको सेमिफाईनल खेलमा तेह्रथुमका नरबहादुर गुरुङ्ग र गोपाल खापुङ्गको टिमलाई पराजित गर्दै धनकुटाका योगेश्वर श्रेष्ठ र शिखर श्रेष्ठको टिम साथै अर्को सेमिफाईनल खेलमा धरानका धनबहादुर लिम्बु र गणेश राईको टिमलाई पराजित गर्दै धनकुटाका दिपक लामा र निर्मल निरौलाको टिम फाईनल चरणमा प्रवेश गरेको थियो ।

यता मेन्स डबलको सेमिफाईनल खेलमा तेह्रथुमका विशाल तामाङ्ग र सुवास मोक्तानको टिमलाई पराजीत गर्दै निशान कस्मेटीकका नविन श्रेष्ठ र सुजन श्रेष्ठको टिम र अर्को सेमिफाईनल खेलमा धरानका प्रकाश लिम्बु र रकम लिम्बुको टिमलाई पराजीत गर्दै नेपाल पुलिसका सुर्य श्रेष्ठ र अभिषेक गुरुङ्गको टिम फाईनल चरणमा प्रवेश गरेको थियो ।

आईतबार नै भएको मेन्स डबलको फाईनल खेलमा नविन श्रेष्ठ र सुजन श्रेष्ठको टिमले नेपाल पुलिसका टिम सुर्य श्रेष्ठ र अभिषेक गुरुङ्गलाई सोझो सेट २१–१४ र २१–१८ ले पराजीत गर्दै विजेता बनेको छ । त्यस्तै भेट्रन्स डबलको फाईनल खेलमा धनकुटाका दिपक लामा र निर्मल निरौलाको टिमलाई पहिलो सेटमा २१–१७ र तेश्रो सेटमा २१–९ ले पराजीत गर्दै धनकुटाका योगेश्वर श्रेष्ठ र शिखर श्रेष्ठको टिम विजेता बनेको छ ।

मिक्स डबलको फाईनल खेलमा धरानका प्रकाश लिम्बु र सुजा राईको टिमले निशान कस्मेटिक धरानका टिम सुजन श्रेष्ठ र अन्जु तामाङ्गलाई सोझो सेट २१–१४ र २१–१८ ले पराजीत गर्दै विजेता बनेको थियो ।प्रतियोगीतामा मेन्स डबलको विजेतालाई नगद २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो स्थान हासिल गर्नेलाई १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो । भेट्रन्स डबलको विजेतालाई नगद १० हजार, उपविजेतालाई पा“च हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो स्थान हासिल गर्नेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।

त्यस्तै मिक्स डबलको विजेतालाई नगद पा“च हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता र तेश्रो स्थान हासिल गर्नेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामा, विशेष अतिथीमा अञ्चल प्रहरी कार्यलय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक उक्तमकमार कार्की, पूर्व क्षेत्रीय राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लक्ष्मण गुरुङ्ग थिए ।

कार्यक्रमको अध्यक्षता निशान कस्मेटीकका संचालक चौलेन्द्र श्रेष्ठले गरेका थिए भने सो कार्यक्रमलाई रेडियो धरानका स्टेशन म्यानेजर शिशिर राईले सहजीकरण गरेको थियो ।