ढाका/ मनाङ मस्र्याङ्दी म्लब वंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।
आइतबार भएको खेलमा मनाङ टासी स्पोट्र्स क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ । उसको जितमा ८२ औं मिनेटमा नाफ्लु अलीले गोल गरे ।
मनाङका किपरले पन्च गरेको बल अलीको छातिमा लागेर गोलमा परिणत भएको थियो ।
मनाङका लागि टासी स्पोट्र्स क्लब गोलरक्षक किरण चेम्जोङ बाधक बने । राष्ट्रिय फुटबल टिमका साथै एक समय मनाङका गोलरक्षक रहेका उनी अहिले माल्दिभ्सको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
र, मनाङविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनी म्यान अफ दि म्याच बनेका छन् ।