तरहरा/ पूर्वकै केन्द्र विन्दु इटहरीमा आगमी फागुन २१ गतेबाट ११ औ अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप हुने भएको छ । वर्षेनी हुदै आएको इटहरी गोल्डकपमा अन्तराष्ट्रिय टिम सँगै पुरस्कारको राशी समेत द्धोवरले बृद्धि भएको हो । पुरस्कार राशी सँगै खेलको स्तरमा समेत वृद्धि गदै जाने जनाएको छ ।

पूर्वकै पुरोनो र चर्चित क्लब राष्ट्रिय जागृती क्लबको आयोजनामा हुन लागेको हो । पूर्वको केन्द्र इटहरीलाई खेलकुदको हब बनाउने उदेश्यका इटहरीमा बर्षै पिच्छे आयोजना गरिने अन्तराष्ट्रिय टुबार्ग इटहरी गोल्डकप यो वर्ष देखि पुरस्कार राशी वढाउँदै लगिने आयोजकले जनाएको छ । गोल्डकपका संयोजक अनुरोध थापाले बिगतको बर्ष भन्दा यो बर्षको प्रतियोगिता ठुलो र वेवस्थीत हुने वताए ।

अघिल्लो बर्ष आयोजना भएको गोल्डकपमा प्रथम हुने बिजेतालाई रू एक लाख ११ हजार , मेडल र प्रमाणपत्र दिइन्थ्यो भने यो बर्ष विजेतालाई २ लाख उपविजेतलाई एक लाख नगद दिईने संयोजक थापाले वताए । त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ३२”इञ्चको टेलिभिजन प्रदान गरिने, खेलको सर्वाेत्कृष्ट खेलाडीलाई रू ५ हजार नगद , र इटहरीको उदयीमान खेलाडी एक जनालाई प्रोत्साहन स्वरूप २४” इञ्चको टेलिभिजन प्रदान गरिने संयोजक थापाले जनाए ।

इटहरीको क्षेत्रीय रंगशाला खेलको लागी ब्यवस्थीत नभईसकेको भन्दै इटहरीस्थित जनता प्राविको खेल मैदानमा प्रतियोगिता गरिने आयोजक समितिका कार्यवहाक अध्यक्ष सन्तबहादुर डुम्जनले वताए । प्रतियोगितामा नेपाल र विदेश गरी ८ टिमले सहभागीमा जनाउँदै छन । हिमालयन शेर्पा क्लब काठमाण्डौ,ब्वाईज युनियन क्लब काठमाण्डौ,चर्च ब्वाईज युनाईटेट काठमाण्डौ,झापा ११ झापा,मोरगं ११ मोरगं सुनसरी ११ सुनसरी ,आयोजक जागृती क्लब र कञ्चनजंघा स्पोटिंग क्लब वेस्टवगांल भारतले सहभागी जनाउँने आयोजले पत्रकार सम्मेलन गरी जनाएको हो ।

पूर्वको पुरानो क्लबको रुपमा स्थापीत उक्त क्लबले विगत ११ वर्ष देखि निरन्तर प्रतियोगिता गराउँदै आएको छ । पछिल्लो समयमा फुटवलको क्रेज बढ्दै गएको भन्दै खेल क्षेत्रमा पड्को मार्ने लागी परेको आयोजकले जनाएको छ । अहिले पनि खेलकुद मैदान अभाब भएको भन्दै निर्माणधिन रंगशालालाई समेत लामो समय देखि प्रयोगमा ल्याउँन नसकेको क्लबले गुनासो गरेको छ ।

प्याराफिट सहितको संगशाला नहुदा ठुलो प्रतियोगिता गर्ने चुनौती रहेको लामो समय देखि खेल क्षेत्रमा लागेका आयोजक समितिका कोवित कार्कीले वताए । उनले भने प्रत्येक प्रतियोगितामा वढि रकम पूर्वाधार निमार्णमा खर्चन हामी वाध्य छौ ।