तरहरा । इटहरीमा शनिवारबाट सुरु भएको ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा एपिएफ पूर्वाअञ्चल क्वार्टर फाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन आयोजक राष्ट्रिय जागृती क्लब इटहरीलाई ०–१ गोलको अन्तरले हराउँदै एपिएफ पूर्वाअञ्चलले विजयी सुरुवात गरेको हो ।
एपिएफको तर्फबाट पहिलो हाफको २६ औ मिनेटमा रामकुमार कुमालको पासमा हरी कार्कीले गरेको पहिलो गोल नै निर्णयक वन्न पुग्यो । आयोजक जागृती क्लबलाई खेलअवधी भर एपिएफले दबावमा राखेको थियो ।आयोजक जागृतीले खेलको दोस्रो आफमा गोल गर्ने केहि प्रयास गरे पनि गोल हुन भने सकेन ।
्परहिलो हाफअघि १ गोलले अग्रता दिएको एपिएफले पुनः गोल गर्न सकेन । यता पहिलो हाफ अघि नै एक गोलले पछि परेको आयोजक केही दबावमा परेको थियो । घरेलु दर्शकको साथ हुँदा पनि आयोजक राष्ट्रिय जागृति क्लबका खेलाडीहरुले उत्कृष्ठ प्रर्दशन गर्न सकेनन् । आफ्नै ग्राउण्ड र दर्शकको साथ पाउँदा पनि गोल गर्न नसकेको खेलाडी प्रति दर्शक भने निराश देखिएका थिए ।
दोस्रो आफमा आयोजकका श्यामवावु मगरले गोल गर्ने मौका चुकाएका थिए । उनले गोल गर्ने अवसरलाई गोलमा परीणत गर्ने सकेनन् । त्यस्तै आयोजककै दिपेन तामाङले समेत मौका चुकाए पछि खेल अवधीभर आयोजकको तर्फबाट कुनै गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच एपिएफका प्रदिप चौधरी घोषित भएको आयोजक समितिका संयोजक अनुरोध थापाले वताए । आईतवारको खेल झापा ११ र मोरगं ११ विच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घान गदै भैतिक तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले खेल क्षेत्रको विकास गदै जानुको विकल्प नभएको वताए । इटहरीलाई खेलकुद क्षेत्रको हव वनाउँदै लानु पर्नेमा उनको जोड थियो । क्लबका अध्यक्ष संजिब ढुगानाको अध्यक्षमा भएको कार्यक्रममा किशोर राई लगायतले वोलका थिए । वर्षेनी हुदै आएको इटहरी गोल्डकपमा अन्तराष्ट्रिय टिम सँगै पुरस्कारको राशी समेत द्धोवरले बृद्धि भएको हो ।
अघिल्लो बर्ष आयोजना भएको गोल्डकपमा प्रथम हुने बिजेतालाई रू एक लाख ११ हजार , मेडल र प्रमाणपत्र दिइन्थ्यो भने यो बर्ष विजेतालाई २ लाख उपविजेतलाई एक लाख नगद दिईने संयोजक थापाले वताए । त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ३२”इञ्चको टेलिभिजन प्रदान गरिने, खेलको सर्वाेत्कृष्ट खेलाडीलाई रू ५ हजार नगद , र इटहरीको उदयीमान खेलाडी एक जनालाई प्रोत्साहन स्वरूप २४” इञ्चको टेलिभिजन प्रदान गरिने संयोजक थापाले जनाए ।