इटहरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार भएका दुई खेलमा विभागीय टीम शसस्त्र प्रहरीको एपीएफ र सुदुर पश्चिमाञ्चल विजयी भएका छन् । प्रतियोगिताबाट मध्य पश्चिमाञ्चल भने बाहिरिएको आयोजकले जनाएको छ ।
शनिबारको पहिलो खेलमा पहिला व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रनको लक्ष्य दिएको थियो । जसमा पूर्वाञ्चलका लागि रुविना क्षेत्रीले १९ र काजल श्रेष्ठले १५ रन बनाइन् । सदुर पश्चिमाञ्चलको लागि रेखा रावलले ४ विकेट लिएकी थिइन् । जवाफी व्याटिङमा आएको सुदुर पश्चिमाञ्चलले १५ ओभरमा ४ विकेट गुमाउँदै विजयी लक्ष पुरा गरेको आयोजकले जनाएको छ ।
सुदुर पश्चिमाञ्चलका लागि खेलको म्यान अफ द प्लेयर रेखा रावलले ५३ रन बनाएको इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए ।यसै गरी दोस्रो खेलमा मध्य पश्चिमाञ्चलाई शसस्त्र प्रहरीको एपीएफ टीमले पराजित गरेको छ । एपीएफले पहिला व्याटिङ गर्दै २० ओभारमा ४ विकेट गुमाउदै १५३ रन बनाएको थियो । एपीएफको लागि सिता रानामगरले ५३ रन बनाइन् भने रितु कनोजियाले ३६ रन बनाइन् । जवाफमा आएको मध्य पश्चिमाञ्चल १३ ओभरमा समेटिदै ४० रनमा समेटिएको थियो ।
एपएफको लागि प्लेयर अफ द म्याच सिता राना मगरले २ र करुणा भण्डारीले ४ विकेट लिएको आयोजकले जनाएको छ । इटहरीस्थित डिभीएम ग्लोबल स्कुलको खेल मैदानमा भएको प्रतियोगितामा आइतबारको पहिलो खेल सुदुर पश्चिमाञ्चल र मध्यमाञ्चलको खेल र दोस्रो खेल एपीएफ र पश्चिमाञ्लबीच हुने इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र उप विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए । राष्ट्रिय खेलकुद् परिषद्को आयोजनामा प्रतियोगिता भएको हो ।