तरहरा / रङको पर्व होलीलाई विकृती रहित वनाउँन प्रहरीले पूर्व क्षेत्रभर विशेष अभियानको थालनी गरेको छ ।

समाजमा विकृती रहित होलीको माहोल वनाउँन प्रहरीले तराईका जिल्लाहरुमा कडाई गर्ने भएको छ । होलीको मौकामा अपराधिहरु सल्बल्याउँने र झैझगडा हुन सक्ने भन्दै क्षेत्रीय प्रहरी कार्यलयले मातहतका प्रहरीलाई कडाई गर्ने निर्देशन दिएको हो ।

विकृती र उच्छृङ्खल होलीले समाजमा नकरात्मक असर पर्ने गरेको भन्दै होलीलाई ब्यवस्थीत वनाउँन विशेष सुरक्षा योजनाका साथ प्रहरी परीचालन गरीने पूर्व क्षेत्रीय प्रहरी कार्यलयका डिआईजी रमेशकुमार भट्टराईले जनाए ।

उनले भने पूर्वको मुख्य शहर धरान,इटहरी,विराटनगर लगायतका क्षेत्रलाई यो वर्ष विशेष निगरानी बढाउँने वताए । पूर्वको सबै जिल्लालाई कडा सुरक्षा रणनितिको साथ मातहतका प्रहरीहरुलाई निर्देशन जारी गरीसकेको उनको भनाई थियो ।

होलीलाई ब्यावस्थीत वनाउँन ठुलो संख्यामा प्रहरी परिचालन गर्ने तयारी गरेको डिआईजी भट्टराईको भनाई छ ।

होली सस्कारलाई दुरुपयोग हुन नदिन विशेष निगरानी वढाएको छौ उनले थपे । पूर्वको सबै क्षेत्रमा होलीलाई ब्यावस्थीत वनाउँन हामीहरु लागी परेको छै । पर्वको सबै मातहतका प्रहरीहरुलाई कडा निर्देशन जारी गरेको वताउँदै चौक चौकमा प्रहरी तैनाथ गरीने उनको भनाई थियो । सस्कार हो होली खेल्न पाउँनु पर्छ तर विकृती हुनबाट भने हामी रोक्छौ उनले भने ।

जबरजस्ती रंग लगाईदिने वहानामा फोहोर पानी भरिएको पिचकारी र लोला हान्ने जस्ता क्रियाकलापले गर्दा होली पर्व अव्यवस्थित र अभद्र हुदै गएको भन्दै प्रहरीले त्यस्ता अभद्र ब्यावहार गर्नेलाई पक्राउ गरीने क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

जो पायो त्यहीलाई जवरजस्ती रंग दल्ने, फोहोर पानी छयाप्ने, लोला हान्ने भांग, धतुरो, गाँजा खाएर जथाभावी वोल्दै हिड्नेलाई प्रहरीले कार्वार्ही गर्ने डिआईजी भट्टराईले वताएका छन ।

ठाउँ ठाउँमा चेक पोईन्ट थाप्ने सँगै कडा सुरक्षाको साथ होली सुरक्षा योजना ल्याउँने सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जनाए । उनले भने सुनसरीको धरान ,इटहरी लगायतका क्षेत्रमा कडाई गर्ने लागेको वताए । हामी शान्तपूर्ण रुपमा होली खेल्न सर्वसाधरणहरुलाई आग्रह गरेका छौ ।

पछिल्लो समयमा विभिन्न खाले रंग, गाडीको तेलको कालो, अलकत्रा, कुहिएको अण्डा, तरकारी, फोहोर पानी जस्ता मानिसको छाला र स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने तरिकाले होली खेल्नेलाई पक्राउ गरी मुद्धा समेत चलाईने इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

इटहरी आसपसामा थप प्रहरी परिचलान गर्ने,इच्छा विपरीत होली खेर्नेलाई कार्वार्ही गर्ने,मादक पदार्थ प्रयोग गरेर सवारी चलाउँनेलाई कडाई गर्ने लगायतका सुरक्षा योजना रहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले जनाए ।

उनले भने मादक पदार्थको विक्रि वितरणमा समेत कडाई गर्ने डिएसपी सुवेदीको भनाई थियो । होलीमा असभ्य र अभद्र पाराले रंग खेल्ने,मादक पदार्थ सेवन गरेर हेलमेट नलाई होहल्ला गरेर सवारी साधन चलाउने उच्श्रmृखल गतिविधि गर्नेहरुलाई कार्वार्ही गछौ डिएसपी सुवेदीले भने ।

होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् ।