मानक नेपाली भाषा सञ्जालमा घिमिरे
धरान/मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल पूर्वक्षेत्रीय समिति बिहीबार मोरङको सुकुना बहुमुखी क्याम्पसमा गठन भएको छ ।
क्याम्पसमा गठित समितिको संयोजकमा रमेश घिमिरे चयन भएका छन् । त्यस्तै सह संयोजकमा भोजपुर क्याम्पसकी इश्वरा पौडेल, सचिवमा महेन्द्र बहुमुखीका दीपक न्यौपाने, सह सचिवमा जनता बहुमुखी क्याम्पसका मदनराज बराल, र कोषाध्यक्षमा साहित्यकार रेखा सुवेदी चयन भएकी छन् ।
यसैगरी सदस्यहरुमा गोपीकृष्ण खतिवडा, प्रेमप्रसाद भट्टराई, यर्जुबेदानन्द भट्टराई, विष्णु सिटौला, विना आचार्य, सोम घिमिरे, सीता कार्कीलगायत ३१ सदस्यीय समिति गठन भएको सचिव न्यौपानेले बताए ।
यो समितिले २०५८ सालको बृहत नेपाली शब्दकोषलाई मानक भाषा मान्दै शिक्षामन्त्री दिनानाथ शर्माको कालमा भएको वर्णविन्यासलाई परिवर्तन गर्ने उद्देश्य रहेको छ । कार्यक्रममा १ सय ५८ जना सहभागी थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































