विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना
पाँचथर / जिल्लाको पञ्चमीमा विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउन अक्षयकोष स्थापना भएको छ । वैदेशिक रोजगारीमा रहेका स्थानीय दुई युवा संरक्षक रहेको अक्षयकोष स्थापना गरिएको हो ।
पञ्चमी घर भइ हाल दक्षिण कोरियामा रहेका कुवेर लिङ्देन मूख्य संरक्षक र सरोज योङहाङ संरक्षक रहेको ‘गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष पञ्चमी’ स्थापना भएको हो । अक्षयकोषमा अहिले एक लाख २० हजार जम्मा गरिएको बताइएको छ । अक्षयकोषमा कम्तिमा पनि पाँच लाख रकम जम्मा गर्ने लक्ष्य रहेको मूख्य संरक्षक लिङ्देनले बताए ।
अक्षयकोष सञ्चालनका लागि हालै मात्र जीवन गिरीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सह(संयोजकमा चित्रबहादुर कार्की, सचिवमा योगेश लिम्बू र कोषाध्यक्षमा तुलसी पुरी रहेका छन् । कोषको ब्याजबाट हरेक वर्ष गाविसका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































