सामान्यतया धेरैलाई लाग्छ सेक्स रातमा मात्र गरिन्छ । तर सेक्स गर्ने निश्चित समय छैन । सेक्स चाहाना पुरा गर्न उपयूत्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । प्राय मानिसहरुले रातिमात्र सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुने थाहा भएको छ ।
एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुनुका साथै अरु थुप्रै कारणहरु पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।एक मात्र होइन, अरु धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको देखीएको छ । त्यसमा पनि सबैभन्दा उपयुत्त समय विहान साढे ७ बजे देखीन आएको छ ।
स्टमडीको अध्ययन अनुसार सो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा ज्यादै उत्तम हुनेदेखीएको छ ।
यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान मुत्त वनाउने , दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुने देखीएको छ ।
मोटोपन घटाउन सेक्स लाभदायक । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने हर्मोनबाट धेरै सन्तुष्टि मिल्छ ।
जसले खुसी मात्रै होइन स्वस्थ रहन सघाउ पुग्छ । त्यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुने बताइएको छ ।
सेक्स कतिपटक गर्ने त ?
सेक्स कतिपटक गर्ने भन्ने कुनै आधारहरु छैन । आवश्यकता अनुसार उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् ।
विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त हुने उल्लेख गरेकी छिन ।
राति सेक्स गर्दा के हुन्छ ?
राती खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् प्राय जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गर्नुभन्दा विहान गर्दा राम्रो हुने विज्ञहरुको सुझाएका छन्। राती सेक्स गर्दा नयाँपन नहुने पनि उनीहरुको भनाइ छ ।