ताप्लेजुङ / नेपाल शिक्षक संघ ताप्लेजुङको आठौँ जिल्ला अधिबेसन ताप्लेजुङ सदरमुकाममा शनिवार बाट सुरु भएको छ । सदरमुकाम स्थित सामुदायिक भवन (सिटिहल) मा सुरु अधिबेसनको संघका केन्द्रिय सदस्य तिलक पाण्डेले उद्धघाटन गरेकाछन् ।
शनिवारबाट सुरु अधिबेसनले नयाँ विधान अनुसार कार्य समिति चयन गर्ने नेपाल शिक्षक संघका अध्यक्ष हेमराज खतिवडाले बताए । नयाँ विधान अनुसार गठन हुने समितिमा अध्यक्ष एक, एक महिला सहित दुई उपाध्यक्ष, एक सचिव, एक महिला सहित दुई सह–सचिव, सह–सचिव अर्थ एक महिला, सह–सचिव समाबेसी दुई, तीन महिला सहित सात सदस्य र अध्यक्षबाट मनोनित एक सदस्य रहनेछन् ।
यस्तै प्रदेश र संघिय महाधिबेसन प्रतिनिधि दुई महिला सहित ६ जनाको चयन यो महाधिबेसनले गर्ने आयोजकले बताएको छ । सदस्य छनोट साधारण, कर्मठ र बिशिष्ट सदस्य बाट गरीने नेपाल शिक्षक संघले जनाएको छ ।
यसैबिच नेपाल शिक्षक संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जनाको दाबेदारी देखिएको छ । जसमा युवराज बस्नेत, हालका अध्यक्ष हेमराज खतिवडा र रामहरी निरौला रहेका छन् । उनिहरु बिच सहमति नभए आईतबार चुनाब मार्फत नयाँ नेतृत्वको चयन गर्ने संभावना रहेको छ । खुल्ला सत्र सकिए सँगै शनिवार साँझबाट बन्द सत्र सुरु भएको छ ।