पटाका कारखानामा आगलागी पाँचको मृत्यु
नयाँ दिल्ली/दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाइएको छ ।
यस आगलागीमा परी तीन महिलासहित पाँच व्यक्तिको मृत्यु हुनको साथै अन्य चार जना घाइते भएका छन् ।
यस घटनामा मारिएका र घाइते भएका व्यक्ति पटाका कारखानामा काम गर्ने स्थानीय बासिन्दा रहेका बताइएको छ । सो घटनामा घाइते भएका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । रासस/सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































