धनकुटा । हात्तिपाईले (फाईलेरिया) रोग विरुद्धको औषधी यो वर्ष धनकुटामा १ लाख, ४६ हजार, ३ सय १ लाई खुवाने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । जिल्लाको घोर्लिखर्क र लेगुवामा सात जनामा हात्तिपाईलेको जिवाणु फेला परेको पनि जानकारी दिइएको छ ।

जिल्ला जन–स्वास्थ्य कार्यालय धनकुटाले हात्तिपाईले रोग निवारण कार्यक्रम २०७३ को अभियान अन्तर्गत हात्तिपाईले रोग निवारण आम औषधी वितरण कार्यक्रमको वारेमा सोमवार स्थानिय संचारकर्मीहरु माँझ आयोजना गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.मदन कुमार उपाध्यायले यो वर्ष धनकुटामा २ वर्ष देखी माथि ७० वर्षसम्मका १ लाख, ४६ हजार, ३ सय १ जनालाई जिल्लाको २८ गाविस र २ नगरपालिकामा ४ सय ८० केन्द्रमा २ सय २० स्वास्थ्यकर्मी र ९ सय ५० स्वयमसेवकले खुवाउने तयारी रहेको वताएका छन् ।

प्रमुख उपाध्यायले धनकुटा जिल्लामा ६ देखी १३ प्रतिशत मानिसमा हात्ति पाईलेको परजीवि भेटिएकोले हात्तिपाईले (फाईलेरिया) विरुद्धको औषधी खुवाउनको लगाी जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन् । उनले २ वर्ष देखी मुनीका वालवालिका र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरु र गर्व रहेका महिलाहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन नहुने भएकाले नखुवाईने प्रमुख उपाध्यायले सो अवसरमा स्पष्ट पारेका छन् ।

सो अवसरमा उनले ई.सं.१९९७ मा पहिलो पटक स्वीजरलेण्डवाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान शुरु गरिएको वताउँदै नेपालमा सन २००१ वाट नेपालमा ३७ जिल्लामा पहिलो पटक हात्तिपाईले विरुद्धको औषधी खुवाउने अभियान संचालन गरिएको वताएका छन् ।

सो अवसरमा उपाध्यायले विश्वको ८३ मुलुकको १ अरव मान्छेमा हात्तिपाईले रोग लाग्ने संम्भावना रहेको वताउँदै उनले हाल विश्वमा १२ करोड मान्छेमा हात्तिपाईलेको संक्रमण भैसकेको र ६ करोड मान्छेमा हात्तिपाईलेको परजिवि भेटिएको वताएका छन् । त्यसैगरी उनले नेपालमा पनि हात्तिपाईले रोगलाई पुरानो रोगको रुपमा लिने गरेको वताउँदै हालसम्म नेपालको ६८ जिल्लामा हात्तिपाईले रोग देखापरी सकेको वताए ।

कार्यक्रममा सहजीकरण गर्दै उनले धनकुटा जिल्लामा हात्तिपाईले रोग निवारण (एमडिए) कार्यक्रमको वारेमा जानकारी दिदै आगामी चैत्र ५ गते देखी ७ गते सम्म धनुकटा जिल्लामा हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउन लागीको सम्पुर्ण तयारी भै सकेको वताएका छन् ।

सो अवसरमा जन–स्वास्थ्य प्रमुख उपाध्यायले अघिल्लो वर्षहरुमा आशा गरे जति प्रगती नभएको वताउँदै यस पटक हात्तिपाईले रोग विरुद्धको अभियानलाई प्रभावकारी ढंगले संचालनको लागी सहयोग गर्न सवै संचारकर्मीहरुलाई आग्रह गरेका छन् । उनले अघिल्लो पटक धनकुटा जिल्लामा ७४ प्रतिशतलाई औषधी खाएको वताए ।

त्यसैगरी यसपटक पनि धनकुटा जिल्लाको कुल जनसंख्या १ लाख, ६३ हजार मध्ये १ लाख, ४६ हजार, ३ सय १ जनालाई हात्तिपाईले विरुद्धको औषधी खुवाने लक्ष्य रहेको वताएका छन् । साथै, उनले संचार माध्यामले सकरात्मक प्रचार प्रसार गरि दिन आग्रह गर्दै उनले भने सानो गल्तीले गर्दा ठूलो असर गर्ने भएकाले संचारकर्मीहरुले तथ्यपरक ढंगले आवश्याक सहयोग गर्न आग्रह समेत गरेका छन् ।